aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

''सातै प्रदेशमा भवन बनाउँदै कर्मचारी सञ्चय कोष''

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ साउन २०७७
''सातै प्रदेशमा भवन बनाउँदै कर्मचारी सञ्चय कोष''

काठमाडौं । कर्मचारी सञ्चयकोषले सुन्धरास्थित काठमाडौं महललाई ‘रिनोभेट’ गर्ने भएको छ । कोषले उक्त भवनको दक्षिणपट्टीको साइटमा पारदर्शी लिफ्ट रोखेर महलको माथिल्लो तलमा जान मिल्ने बनाउन लागेको हो । कोषका प्रशासक तुलसीप्रसाद गौतमले काठमाडौं महलबाट धरहरा राम्रोसँग अवलोकन गर्न मिल्ने गर महलको ‘रिनोभेट’ गर्न लागिएको बताए ।  

‘आम सर्वसाधारणहरू काठमाडौं उपत्यका अवलोकन गर्नका लागि धरहरा चड्छ भने सबैलाई लोभ्याउन धरहरा कस्तो रहेछ भनेर हेर्न अब मानिसहरू काठमाडौं महल चड्ने गरी महललाई रिनोभेट गर्न लागेका हौं,’ उनले भने । महलमा जडान गरिएको पारदर्शी लिफ्ट चडेर आम मानिस धरहरा हेर्दै महलको छतसम्म पुग्छ, त्यहाँबाट धरहराको अवलोकन गरेर फेरि तल धरहरा हेर्दै ओर्लन्छन्,’ उनले भने ।

नयाँ बन्दै गरेको ऐतिहासिक धरहरा सबैको चासो र आकर्षकको विषय रहेको उनले बताए । ‘पक्कै पनि धरहरा कस्तो रहेछ भन्ने चाख सबैमा हुन्छ,’ उनले भने हामीले धरहरलाई राम्रोसँग देखिने गरी महलको रिनोभेट गर्न लागेका हौं । 

कर्मचारी सञ्चय कोषको उक्त भवने ५ वर्षका लागि एक जनालाई ठेक्का दिएको छ । त्यो भवनलाई पनि अलि आकर्षक बनाउन खोज्दै छु,’ उनले थपे ‘धरहराको साइडपट्टीे लिफ्ट बनाउने र त्यसैबाट धरहरा हेर्न मिल्ने बनाउन लागिएको हो । 

ठमेलमा लक्जरियस बिल्डिङ निर्माण कार्य पछि हट्यो

कर्मचारी सञ्चय कोषले राजधानीको त्रिदेवीमार्ग, ठमेलमा रहेको पुरानो भवन भत्काएर नयाँ बनाउने योजना अहिलका लागि स्थगन भएको छ । उक्त स्थानमा रहेको भवनलाई भत्काएर १२ तले नयाँ व्यवसायिक भवन बनाउने योजना बनाएकोमा अहिलेका लागि सो भवन निर्माण कार्य स्थगत गरिएको प्रशासक गौतमले बताए । 

‘कोरोनाअघि नयाँ लक्जरियस भवन बनाएर व्यवसायिक संस्थालाई भाडामा दिने योजना कोषको बनाएको थियो,’ उनले भने ‘कोभिडका कारण पर्यटक आगमनमा कस्तो असर पर्छ र यहाँ भएका व्यवसायीक भवनहरू कसरी सञ्चालन हुन्छन्, यसको अवस्था हेरेर पछि निर्माण गर्ने गरी अहिलेलाई सो भवन निर्माण कार्य रोकिएको हो ।’ कोषले ठमेलमा रहेको कार्यालयलाई टेकुमा सारेर ठमेलमा नयाँ व्यवसायीक भवन बनाएर भाडामा दिने योजना अघि बढाएको थियो । 

सातै प्रदेशमा भवन बनाउँदै कोष 

कर्मचारी सञ्चयकोषले जनकपुर र धनगढीमा पनि कार्यालय प्रयोजनका लागि भवन निर्माण गर्ने भएको छ । कोषले जग्गा खरिद गरेर कार्यालय भवन निर्माण गर्न लागेको हो । सुर्खेत र कोहलपुरमा भवन निर्माणका लागि ठेक्का लागि सकेका प्रशासक गौतमले बताए । उक्त भवन निर्माण लागि १० प्रतिशत रकम समेत भुक्तानी भइसकेको छ । 

पोखरा र हेटौडाको जग्गामा भवन निर्माणका लागि माटो परिक्षण र नक्सा डिजाइनको काम भइरहेको छ । यसरी ६ ठाउँमा कार्यालयको काम हुँदैछ । विराटनगरमा क्वाटर निर्माण भइरहेको छ  । यो कार्य दुई महिनाभित्र बनिसक्नेछ । विराटनगरको अफिस केही समयअघिमात्र उद्घाटन गरेको हो । बुटवलमा अफिसको लागि एउटा तयारी भवन नै किन्ने गरी कृषि विकास बैंकसँग छलफल भइरहेको गौतमले बताए ।


 

प्रतिक्रिया दिनुहोस