
काठमाडाैं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोनाभाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ । पहिले संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् स्वाब संकलन गर्दा थपमा संक्रमण देखिएको हो ।
बिहीबारसम्म ४४ जनामा संक्रमण देखिएकाेमा थप रिपाेर्ट पश्चात शुक्रबारसम्म संक्रमितको संख्या ७२ पुगेको केन्द्रीय कार्यालयका प्रवक्ता एसएसपी कुवेर कडायतले बताएका छन् । बिहीबार बेलुकी सम्म ५४ पुगेकाे थियाे ।
संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालका भर्ना गरिएको उनले जानकारी दिए । संक्रमितहरूमध्ये अधिकांश सवारी चालक, मेकानिक र मेसमा कार्यरत प्रहरी छन् ।
संक्रमित प्रहरीहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् २० जनाभन्दा बढीलाई क्वारेन्टिनमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस