aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

काठमाडौंमा दुई ट्राफिक प्रहरीमा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ साउन २०७७
काठमाडौंमा दुई ट्राफिक प्रहरीमा कोरोना संक्रमण

काठमाडौं । काठमाडौंमा दुई जना ट्राफिक प्रहरीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

महानगरीय ट्राफिक महाशाखा काठमाडौंमा कार्यरत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महाशाखाका एसपी भीमप्रसाद ढकालले उनीहरुमा कोरोना संक्रमण देखिएको पुष्टि गरे । 

यसैगरी, प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोनाभाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ । 

पहिले संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् स्वाब संकलन गर्दा थपमा संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस