aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

प्रहरीकै कोठाबाट सुन जस्तै एक किलो पहेँलो धातु बरामत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ साउन २०७७
प्रहरीकै कोठाबाट सुन जस्तै एक किलो पहेँलो धातु बरामत

काठमाडौं । काठमाडौंमा एक जना प्रहरी जवानको कोठाबाट सुन जस्तै देखिने एक किलो पहेँलो धातु बरामद भएको छ।

साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणमा गलत सूचना दिएको अभियोग लागेका सादा पोशाकका प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा छापा हान्दा सुन जस्तो देखिने एक किलो धातु बरामद भएको प्रहरी श्रोतले बताएको छ ।

बरामद धातु सुन हो वा सुन जस्तो देखिने धातु मात्र हो भन्ने परीक्षण हुन बाँकी रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल तयार पारेको, तस्कर भगाउन सहयोग गरेको लगायतका आरोप लागेका छन् ।
 

प्रतिक्रिया दिनुहोस