_20200731152711.jpg)
भारतको निजी क्षेत्रको यस बैंकले अनिल अम्बानी समूहको मुख्यालय कब्जामा लियो । बैंकलाई २ हजार ८९२ करोड ऋण नतिरेपछि दक्षिण मुम्बई स्थित उनका दुईटा फ्ल्याटसमेत बैंकले कब्जा गर्यो ।
पछिल्ला केही वर्षदेखि यो समूहको वित्तीय अवस्था यति खराब छ की यसका केही कम्पनीहरू टाट पल्टिसके । मे ६ तारिकमा दिएको ६० दिने सूचना पछि पनि अम्बानी समूहले ऋण नतिरेपछि २२ जुलाईमा उनको सम्पत्ति कब्जा गरिएको हो ।
यसै बेला भारतमा फ्रान्सबाट राफेल लडाकू विमान भित्र्याइएको छ । राफेलसँगै अनिल अम्बानीको चर्चा किन पनि गरिन्छ भने यसको सौदा बाजीमा उनको पनि संलग्नता थियो भन्ने मानिसहरू विश्वास गर्छन् ।
जब अनिल र मुकेश अम्बानी बिच सम्पत्तिको भागबन्डा लाग्यो त्यसपछि अनिलका दुखका दिन शुरु भए । उनको कुनै पनि व्यापार नाफामा चलेन । राफेल खरिद ठेक्का उनले प्राप्त गरेका थिए । जुन विवादको घेरामा पर्यो । अहिले यस बैंकको रूपमा आएको समस्याले त उनलाई घरबार विहीन नै बनाइदियो ।
राफेल कसरी जोडियो भने सो विमान बनाउने फ्रान्सको कम्पनी डसाँ एबिएसनले अनिल अम्बानीको रिलायन्स एयरोष्ट्रक्चरलाई आफ्नो अफसेट पार्टनर बनायो । मानिसहरूले त्यसै बेला नै हिन्दुस्तान एयरोनाटिक्सको सट्टा किन अम्बानीको टाट पल्टेको कम्पनीलाई ३० हजार करोडको ठेक्का दियो भनेर प्रश्न उठाएका थिए ।
त्यो प्रश्न अहिले राफेल भित्रिएसँगै अझ गम्भीर बनेको छ । बेलायतको एक अदालतले त अनिल अम्बानीसँग अब दिनको लागि केही पनि बाँकी छैन समेत भनेको छ । यस्तो बेला टाट पल्टेका व्यक्तिलाई यति ठुलो ठेक्कामा सहभागी गराउनु आफैमा प्रश्न उठाउनु सरह हो । त्यसै पनि रक्षा क्षेत्रमा अनुभव विहीन अनिल अम्बानीको रिलायन्सलाई यस्तो ठेक्का दिनुले हङ्गामा हुने नै देखिन्छ । त्यसैले विपक्षीहरूले भन्ने गरेका छन् की यो भ्रष्टाचार बढाउने गरी गरिएको ठेक्का हो ।
विपक्षीहरू के भन्दै छन् भने भारतीय प्रधानमन्त्री मोदीका हरेक जसो भ्रमणमा अम्बानी लगायतका केही निश्चित व्यापारीहरू हुने गर्छन् । तर, सरकार भने यस्ता ठुला डिलहरूको ती व्यापारीहरूको कुनै हात नरहेको दावा गर्छ । जसलाई मानिसहरूले पत्याउने गर्दैनन् ।
सन् २००५ मा अम्बानी दाजुभाइले सम्पत्ति बाडेपछि त्यसको दुई वर्षसम्म दुवै भाइ फोप्सको सूचिमा विश्वका धनाढ्यहरूको रूपमा थिए । तर, पछि अनिलको स्थिति खस्किँदै गयो । मुकेश झन् झन् धनी बन्दै गए । त्यस बेला मानिसहरू मुकेश भन्दा अनिल छिट्टै धनी हुन्छन् भन्ने विश्वास गर्थे । तर, उल्टो भयो ।
अहिले सबैले उठाएको प्रश्न यही हो की टाट पल्टिएका अनिल अम्बानीको संलग्नता सहित भारत भित्रिएको राफेल उड्न सक्ला या नसक्ला ? भारतको सुरक्षामा खास महत्त्व दिइएको लडाकू विमान खरिद देखि नै उठेका प्रश्नले राष्ट्रव्यापी रूपमा जुन उत्साह हुनुपर्थ्यो त्यसका अहिले नै चिसो पानी खनिएको अवस्था छ । (बीबीसीको सहयोगमा)
प्रतिक्रिया दिनुहोस