aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

स्थानीय तहमा साढे ४ हजार कर्मचारीको बढुवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ जेठ २०७६
स्थानीय तहमा साढे ४ हजार कर्मचारीको बढुवा

काठमाडौं । लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि खुला प्रतिस्पर्धामार्फत कर्मचारी भर्ना आह्वान गरेसँगै बाँकी पद बढुवामार्फत पूर्ति गर्ने भएको छ ।

आयोगले नयाँ भर्ना गर्दा पुराना कर्मचारीको बढुवाको अधिकारलाई सुनिश्चित गर्न विज्ञापनपछि बाँकी रहेका साढे ४ हजार पद बढुवामार्फत पूर्ति गर्ने भएको हो ।

आयोगले बिहीबार पत्रकार सम्मेलन गरी स्थानीय तहमा कर्मचारी भर्नाका लागि गरिएको विज्ञापन, पाठ्यक्रम तथा समग्र भर्ना प्रक्रियाबारे जानकारी गराएको थियो ।

आयोगका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहका लागि ५१५ स्थानीय तहबाट १३ हजार ६४५ को माग भई आएको र सोका लागि गुणस्तरमा कुनै घटबढ नहुनेगरी फास्ट्र ट्र्याक विधिमार्फत भर्ना प्रक्रिया खुलाएको हो ।

खुलातर्फको विज्ञापन आह्वानपछि बाँकी रहेका ४ हजार ४४८ पद भने बढुवामार्फत पूर्ति गर्ने तयारी रहेको जनाइएको छ । आयोगले ९ हजारभन्दा बढी पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्ने गरी विज्ञापन गरिसकिएको जनाएको छ । नागरिक दैनिकमा खबर छ । 


 

प्रतिक्रिया दिनुहोस