
काठमाडौं । शान्तिनगर नोगेन्द्र कान्छा चोकबाट नक्कली नोट छाप्ने एक जनालाई पक्राउ गरेको छ । जिल्ला स्याङजा चापाकोट न.५ घर भई बस्ने बर्ष ३८ को नारायण पौडेलले संचालन गरेको सुबिधा स्टेशनरीबाट पक्राउ परेका हुन ।
नक्कली नोट फोटोकपी गरी प्रयोगमा ल्याउने गरेको भन्ने सुचनाको आधारमा महानगरीय प्रहरी बृत्त नयाबानेश्वरबाट खटिएको प्रहरी टोलीले फोटोकपी गर्दै गरेको अवस्थामा नारायण पौडेललाई पक्राउ गरेको प्रहरीले गरेको छ ।
कलर प्रिन्ट थान १ थान, फोटोकपी मेसिन थान १ र फोटोकपी गरि तयार पारिएको एक हजारको नोट थान १० सहित पक्राउ गरेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस