
काठमाडौं । अहिले विश्व बजारमा सुनको मूल्यले दिनप्रतिदिन नयाँ रेकर्ड कायम गर्दै गएको छ । अबको ६\७ महिनामा सुनको मूल्य डेढ लाख रुपैयाँ पुग्न सक्ने अनुमान व्यवसायीले गरेका छन् । वल्र्ड गोल्ड काउन्सिलले २०२१ को शुरुका केही महिना मै सुनको मूल्य बढेर २८ सयदेखि ३ हजार डलर पुग्ने अनुमान गरेको छ ।
लकडाउनको अघिल्लो दिन चैत ११ गतेसम्म ७७ हजार तोला सुन थियो । साढे चार महिनाको यो अवधिमा अहिले २२ हजारभन्दा बढीले प्रतितोला सुनको मूल्य बढेको छ । मूल्य अझै बढ्ने सुनचाँदी व्यवसायीहरू बताउँछन् । दशैंपछि सुनको मूल्यमा केही करेक्सन भएपनि अब ९०/९२ हजार तोलाभन्दा कममा सुन नपाइने व्यवसायीका अनुमान छ ।
अहिले सुनको मूल्य यसै भन्न सक्ने अवस्थामा नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले बताए । उनले भने ‘सुन बजार अहिले नयाँ रेकर्ड कायम गर्दै बुलिश ट्रेनमा दौडिनै रहेको छ, लगाम लाग्ने अवस्था देखिएको छैन ।’ एक वर्ष अघि सुन किनेको भए अहिले ४० प्रतिशत नाफा हुन्थ्यो अबको ६÷७ महिनामा फेरि ५० प्रतिशत नाफा हुने छाट देखिएको छ ।
पछिल्लो समय डलर कमजोर बन्दै गएको अवस्था छ ।मानिसहरूले डलरलाई भन्दा सुनलाई विश्वास गर्न थालेका छन् । डलर रिर्जभ राख्ने ठाउँमा सुन राख्न थालिएको छ । डलरप्रति मानिसको विश्वास घट्दै जाँदा सुनको मूल्य आँकासिएको उनले बताए ।
पैसा छाप्नका लागि डलर रिजर्भ राख्दै आएका हरेक देशको केन्द्रीय बैंकले डलरको सट्टामा सुन नै रिजर्भ राख्न थालेका छन् । सुन सुरक्षित तरल सम्पत्ति भएकाले पनि यसको डिमाण्ड दिनप्रतिदिन बढ्न गएको हो । विश्व अर्थतन्त्र डमाडोल भइसकेकाले अब मानिसहरूले डलरबाट रिजर्भ राखेर आफू सुरक्षित नभएको महसुल गर्न थालेको विश्व बजारले देखाएको माणिकले बताए ।
१०० सय सुन पसल बन्द
कोरोनका कारण थलिएको सुन बजार मूल्य आकाँसिएपछि कतिपय शोरुम बन्द भएका छन् । काठमाडौं कै न्यूरोडमा रहेका केही सुन पसलमा अन्य सामान राखिएको देखिन थालिसकेको छ भने रिङरोडका चार नाकामा रहेका सुन पसल पनि प्राय बन्द भइसकेको वरिष्ठ उपाध्यक्ष शाक्यले बताए । देशभर गरेर कोरोका कारण करिब एक सय सुन पसल बन्द भइसके,’ उनले भने ‘न्यूरोडको हलेसी गहना गृह, नवरत्नलगायतका ज्वलेरी रहेका स्थानमा अन्य शोरुम बसिसकेका छन् ।
‘मूल्य वृद्धिका कारण बजारमा व्यापार छैन,’ उनले भने ‘ओभर हेड कष्ट बढी छ, त्यसैले पनि व्यवसायीहरूले पसल बन्द गर्न वाध्य भएका हुन्,’ उनले भने । न्यूरोडमा एउटा शोरुमको अडाइ लाखसम्म शोरुमको भाडा छ । धान्न नसक्ने भएपछि व्यवसायी आफ्नो व्यवसाय छोड्न बाध्य भएको उनले बताए । अहिले जरा बलियो भएका व्यवसायमात्रै टिक्ने अवस्था छ ।
प्रतिक्रिया दिनुहोस