एजेन्सी । कोरोनाका कारण विश्वभरीका मुलुकमा लकडाउन लगाइएको कारण अधिकांश क्षेत्रको अवस्था नाजुक भएको छ । भारतको केन्द्रीय रिजर्व बैंकका अनुसार यसले बैंकि क्षेत्रमा पनि असर परेको छ । तर, सबैभन्दा ठूलो बैंक एसबीआईको वित्तीय स्वास्थ्य राम्रो छ ।
अप्रिल र जुन बीचमा भारतीय स्टेट बैंक (एसबीआई) को नाफा ८१ प्रतिशतले बढेको छ । बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अप्रिल-जून) मा नफा ४१८९.३४ करोड पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको समान त्रैमासिकमा बैंकले २,३१२.०२ करोड खुद नाफा कमाएको छ । एसबीआईको कुल आय ७४४५७.८६ करोड पुगेको छ जुन गत आर्थिक वर्षको सोही त्रैमासिकमा ७०६५३.२३ करोड रहेको थियो ।
वास्तवमा खराब ष्लण घट्दा बैंकको नाफा बढेको छ । बैंकको एनपीए पहिलो त्रैमासिक अवधिमा ५.४४ प्रतिशतमा झरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा ७.५३ प्रतिशत थियो । एसबीआईको त्रैमासिक परिणाममा नाफा पछि बैंकको स्टक पनि बढेको छ ।
प्रतिक्रिया दिनुहोस