aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

विदेशबाट फर्कंदा २५ तोला सुन ल्याउन पाईने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ जेठ २०७६
विदेशबाट फर्कंदा २५ तोला सुन ल्याउन पाईने

सरकारले विदेशबाट फर्किएका नेपालीले ल्याउने काँचो सुन तथा सुनको गहनाको परिणाम बढाएको छ । अब भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्राम काँचो सुन ल्याउन पाइने भएको छ । आर्थिक विद्येयक २०७६ ले यस्तो व्यवस्था ल्याएको हो । 

नयाँ व्यवस्थाअनुसार दुई सय ५० ग्रामसम्मका गहना ल्याउन पाइनेछ । ५० ग्रामसम्म सुनका गहना ल्याउँदा शुल्क लाग्दैन । थप एक सय ग्राम ल्याउँदा प्रति १० ग्रामको ७ हजार दुई सय रुपैयाँ लाग्छ । बाँकी एक सय ग्रामको ९ हजार रुपैयाँ लाग्नेछ । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस