aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अमेरिकामा टिकटकमा रोक लगाउने ट्रम्पको घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ साउन २०७७
अमेरिकामा टिकटकमा रोक लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानीको भिडिओ साझेदार एप टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले पत्रकारहरूलाई शनिवारभित्रै कार्यकारी आदेशमा हस्ताक्षर हुन सक्ने बताए।

एयर फोर्स वानमा सवार पत्रकारहरूलाई ट्रम्पले भने: "जहाँसम्म टिकटकको कुरा छ त्यसलाई हामी अमेरिकामा प्रतिबन्ध लगाउँदैछौँ।"

चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले बनाएको टिकटक निकै तीव्र गतिमा मानिसहरूले रुचाएको एप हो। बाइटडान्सका लागि निकै ठूलो धक्का हुने ठानिएको यस एपको अमेरिकामा मात्र ८ करोड सक्रिय प्रयोगकर्ता छन्।

भाइरल नाच र हास्यमिश्रित अभिनयका कारण टिकटक युवा वर्गमा निकै लोकप्रिय बनेको उक्त एप अमेरिकीहरूको व्यक्तिगत विवरण सङ्कलन गर्न प्रयोग हुनसक्ने भन्दै अमेरिकी सुरक्षा अधिकारीहरूले चासो व्यक्त गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस