aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

चीन र भारतको व्यापारमा अर्को तनाव शुरु, भारतले गर्यो चिनियाँ उत्पादनमा थप कडाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ साउन २०७७
चीन र भारतको व्यापारमा अर्को तनाव शुरु, भारतले गर्यो चिनियाँ उत्पादनमा थप कडाई

एजेन्सी । भारत र चीन सीमामा तनाव व्यापारमा गएर ठोकिएको छ । भारत सरकारले चिनियाँ व्यापारलाई  बन्द गर्ने बस्तुमा थप गरिहेको छ । चिनियाँ आयातमा निर्भरता कम गर्न प्रयत्न भइरहेको छ । यस क्रममा अब भारत सरकारले आयात गरिएको सौर प्यानलको सेफगार्ड शुल्क बढाइएको छ ।  अन्य धेरै वस्तुहरूको आयातमा कर लगाइएको छ ।

सोलार प्यानल र सेलहरूको ठूलो हिस्सा चीनबाट आयात हुने भएकोले भारतले कर बढाएको हो । भारतीय व्यापारीहरूले चिनियाँ सामानको बहिष्कार गर्नेछन् । चीनलाई डिसेम्बर २०२१ सम्ममा १ लाख करोडको व्यापार घाटा हुने छ । 

यस बाहेक भारत सरकारले औद्योगिक रसायन निर्माणमा प्रयोग हुने प्रिन्टिंग प्लेट र कच्चा मालहरूमा आयात कर लगाएको छ । यो मात्र होईन, डिजिटल अफसेट प्रिन्टिंग प्लेटहरू र एनिलिन तेल पनि आयात कर बढाएको छ ।

वाणिज्य मन्त्रालयले जारी गरेको सूचना अनुसार पहिलो ६ महिनासम्म सौर्य प्यानल र सेलाहरूको सेफगार्ड ड्युटी १४.९प्रतिशत हुनेछ । त्यसपछि थोरै १४.५ प्रतिशतमा घटाइनेछ ।  चीन बाहेक भियतनाम र थाईल्यान्डबाट आउने सौर्य वस्तुहरूमा पनि सुरक्षा शुल्क लगाइएको छ । त्यस्तै भियतनाम, ताइवान, दक्षिण कोरिया र जापानबाट आउने डिजिटल अफसेट प्रिन्टिंग प्लेटहरूमा एन्टी डम्पिंग शुल्क लगाइएको छ ।

यस अघि भारत सरकारले रंगीन टेलिभिजन सेटको आयातमा प्रतिबन्ध लगाएको थियो। चीनबाट टेलिभिजनहरू ठूलो मात्रामा आयात हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस