aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अमेरिकाको जीडिपीमा ३३ प्रतिशत गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ साउन २०७७
अमेरिकाको जीडिपीमा ३३ प्रतिशत गिरावट

एजेन्सी । कोरोनाबाट पीडित अमेरिकाको अर्थव्यवस्थालाई गम्भीर धक्का लागेको छ । अमेरिकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अप्रिलदेखि जुनसम्मको त्रैमासमा ३३ प्रतिशतले घटेका छन । यो ऐतिहासिक गिरावट हो, यो अहिलेसम्मको उच्च गिरावट भएको रेकर्ड हो।

यस समयमा अमेरिकामा बेरोजगारी पनि बढेर १४.७ प्रतिशत भयो । अमेरिकामा वित्तीय वर्ष क्यालेन्डर वर्ष अर्थात् जनवरीदेखि डिसेम्बर हो । अप्रिलदेखि जूनको दोस्रो त्रैमासिकको अर्थव्यवस्था तथ्यांक बिहीबार जारी गरेको थियो । 

कोरोनाका कारण अमेरिकामा लकडाउन पनि लागू गरिएको थियो र बढ्दो संक्रमणका कारण त्यहाँका कम्पनीहरू, कारखानाहरूको काम बन्द भएका थिए । यस कारणले, ठूलो संख्यामा काम छोडेले बेरोजगारी संख्या धेरै भए । गत हप्ता करीव १४ लाख अमेरिकीहरूले बेरोजगारी भत्ताका लागि आवेदन दिएका थिए । अमेरिकामा यो लगातार १९ औं हप्ता हो जब १० लाख भन्दा बढी मानिसहरूले बेरोजगारी भत्ताका लागि आवेदन दिएका छन् । मार्च अघि यो संख्या ७ लाख नाघेको थिएनन । 

अमेरिकामा, जीडीपी आंकडा १९४७ देखि जारी गरिदै आएको  छ । सन् १९५८ मा राष्ट्रपति आइजनहावर शासनको पहिलो वर्षमा अमेरिकाको अर्थतन्त्र १० प्रतिशतले घटेको थियो । समाचार एजेन्सी एपीका अनुसार अधिकांश अर्थशास्त्रीहरूले जुलाईको सेप्टेम्बरदेखिको त्रैमासदेखि अर्थतन्त्र सुधार हुने धारणा राखेका छन् । 

प्रतिक्रिया दिनुहोस