
एजेन्सी । भारतीय जीवन बीमा निगम (एलआईसी) ले कोरोना भाइरस महामारीको कारण मृत्युसँग सम्बन्धित ५६१ पोलिसी दावीका लागि २६.७४ करोड रुपैयाँ भारु भुक्तानी गरेको छ । महामारीका बेलामा नै एलआईसीले प्रिमियम संकलनमा नयाँ रेकर्ड बनाएको छ । कम्पनीले २०१९/२० को यो नयाँ कुल प्रिमियमको १.७८ लाख करोड कमाएको छ । यो अहिलेसम्मको उच्च स्तर भएको कम्पनीले जनाएको छ ।
सन २०१९/२० मा नयाँ प्रीमियमबाट कम्पनीलाई २५.२ प्रतिशत नाफा भएको छ । यद्यपि यस समयमा कम्पनीले करिब २ लाख ५५ हजार करोडको पोलिसीको भुक्तानी पनि गरेको छ । जुन १.३१ प्रतिशतले अन्य समयकोभन्दा बढी हो । एलआईसी बीमाका लागि ग्राहकले गरेका डिजिटल लेनदेनमा ३६ प्रतिशतले वृद्धि भएको छ ।
सरकारी बीमा कम्पनी एलआईसीले एक विज्ञप्तिमा भनेको छ जीवन बीमा क्षेत्रमा ७५.९० प्रतिशत बजार अग्रणी रहनेछ र पहिलो वर्षको प्रीमियममा ६८.७४ प्रतिशत सेयर छ । कम्पनीले यस अवधिमा पेन्सन र सामूहिक अवकाश व्यवसायको इतिहास बनाएको छ । यस वर्गमा नयाँ प्रीमियमको आम्दानी १ लाख करोडमाथि क्रस गर्दै१,२६,६९६.२१ करोड पुगेको छ । यो अघिल्लो वर्षको ९०,८४८.८६ करोड जुन अघिल्लो वर्षभन्दा ३९.४६ प्रतिशतले बढी हो ।
एलआईसीको विज्ञप्तिका अनुसार गत मार्च २०२० मा समाप्त भएको वित्तीय वर्षमा कुल बीमा भुक्तानी २,५४२२२ करोड रुपैयाँ भारु रहेको छ । जुन एक वर्षअघिको २.५०,९३६.२३ करोड थियो जुन अघिल्लो वर्षभन्दा १.३१ प्रतिशत मात्र बढेको छ ।
यस अवधिमा कम्पनीको कुल आय ९.८३ प्रतिशतले वृद्धि भई ६,१५,८८२.९४ करोड रुपैयाँ भारु पुगेको छ । जुन एक बर्ष अघि ५६०७८४.३९ करोड रुपैयाँ भारु थियो । कम्पनीको कुल सम्पत्ति २.७१ प्रतिशतले वृद्धि भई ३१,९६,२१४.८१ करोड रुपैयाँ भारु पुगेको छ ।
प्रतिक्रिया दिनुहोस