
काठमाडौं । नेपाल हाईड्रो ईलेन्ट्रिकको साउन २३ गतेका लागि बोलाईएको १४ औं वार्षिक साधारण सभा स्थगित भएको छ ।
कम्पनीले हालसम्म पनि लामो दुरीको सवारी साधन नचलेकाले सभा गर्न कठिन भएको भन्दै अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
कम्पनीले बुटवल स्थित कम्पनीको रजिष्ट्रार कार्यालयमा सभा बोलाएको थियो ।
सभाले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारित गर्ने , आर्थिक वर्ष २०७५/७६ को लागि लेखा परिक्षक नियुक्ती र निजको पारिश्रमिक तोक्ने लगाएत बैंक कर्जा सिमा लगाएतक विषयमा छलफल गर्ने विषय तय भएको थियो ।
प्रतिक्रिया दिनुहोस