
काठमाडौं । काठमाडौं महानगरपालिका-३ चक्रपथ नारायण गोपालचोकस्थित नारायण पौडेलको घरमा तास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ घर भई हाल भक्तपुर बस्ने ४० वर्षीय याम बहादुर श्रेष्ठ लगायत १२ जना पक्राउ परेका छन् ।
नगद ३ लाख ८ हजार ५ सय रुपैयाँ र ६ बुक ताससहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस