
काठमाडौं । सोल्टी होटलका संस्थापक एवम् उद्यमी प्रभाकर शम्शेर राणाको निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका राणाको ८४ वर्षको उमेरमा अमेरिकाको न्युयोर्कमा निधन भएको हो । राणाले सोल्टी होटल, सिप्रदी, सूर्य नेपाल, भोटेकोशी हाइड्रोपार र अमरावती इन्टरनेशनल लगायतका कम्पनी स्थापना र सञ्चालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस