aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

गुगलको कनट्याक्ट ट्रेसिङ एप विश्वभर प्रयोगमा आउने  (ट्रेसिङ विधि सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ साउन २०७७
गुगलको कनट्याक्ट ट्रेसिङ एप विश्वभर प्रयोगमा आउने  (ट्रेसिङ विधि सहित)

एजेन्सी। अमेरिकाको ओन्टारियोमा कोरोना सम्पर्क ट्रेसिङ कार्यक्रम सुरु गरेको केही समयपछि गुगलका एक शीर्ष अधिकारीले एउटा ब्लग पोस्टमा उल्लेख गरे अनुसार  उनीहरूले  एप्पलसँग मिलेर निर्माण गरेको 'गुगल ट्रेसिङ एप'  यही हप्ता सार्वजनिक गर्दैछन् । 

गुगलले यसअघि नै मे महिनामा अमेरिकाका तीन राज्यहरू अलाबामा, नर्थ डकोटा र दक्षिण क्यारोलिनामा यो एप्स प्रयोग गरेर ट्रेसिङ सुरु गर्ने छन् । कम्पनीले आफ्नो अपडेटमा भने अनुसार अमेरिका बाहिरका देशहरूमा पनि एप्पल-गुगल एप्सको प्रयोग सुरु गरेका छन्। जबकि फ्रान्स र युके लगायत अन्य देशहरूले आफ्नै एप्स निर्माण गर्न खोजेका छन्। 

यो टेक्नोलोजीले प्रयोगकर्ताहरू ट्र्याक गर्न तिनीहरूलाई ब्लुटुथ सिग्नलहरू मार्फत कुनै पनि सङ्क्रमित व्यक्तिहरूसँग सम्पर्कमा आए कि थिएनन् हेर्ने गर्छ ।मेमाति अधिकारीले लेखेका छन्, 'हामीले एप्पलसँग एक्स्पोजर नोटिफिकेसन सिस्टम (इएनएस) सुरु गर्न साझेदारी गर्‍यौँ र कोभिड-१९ विरुद्ध उनीहरूको सङ्घर्षमा विश्वभरका सार्वजनिक स्वास्थ्य अधिकारीहरूलाई यो उपलब्ध गरायौँ।'

 इएनएसले सार्वजनिक स्वास्थ्य अधिकारीहरूलाई नागरिकहरूको गोपनीयता सुरक्षित गर्दै सम्पर्क ट्रेसिङ गर्न सहयोग गर्छ । अब भने अफ्रिका, एसिया, युरोप, उत्तर अमेरिका र दक्षिण अमेरिका भरिका सार्वजनिक स्वास्थ्य अधिकारीहरूले इएनएस प्रयोग गर्न सक्ने छन्।

गुगलको एपले यसरी गर्छ कन्टयाक ट्रेसिङ :

प्रतिक्रिया दिनुहोस