
एजेन्सी । अमेरिकाका कयौं राज्यका ४०० जना मानिसहरु साल्मोनेला ब्याक्टेरियाको शिकार भएका छन् । रिपोर्टका अनुसार अमेरिका ३१ राज्यमा साल्मोनेला पाइजिनिंगबाट पीडित भएका छन ।
क्यानडाका केहि राज्यमा यस व्याक्टेरियाबाट विरामी भएका छन् । अमेरिकन टेलिभिजन सीएनएनका अनुसार ६० जनलाई अस्पताल भर्ना गरिएको छ । नेसनल कम्पनीले सप्लाई गरेको प्याज खाएका कारण विरामी भएको बताइएको छ ।
एक रिपोर्टका अनुसार उक्त कम्पनीले सप्लाई गरेको प्याजले संक्रमण फैलाएको अनुसन्धानको क्रममा पत्ता लागेको छ । रातो प्याजको कारण मानिसहरू संक्रमित थिए तर कम्पनीले सबै किसिमका प्याजलाई पसलबाट फिर्ता मगाएको छ ।
साल्मोनेला संक्रमणबाट पीडित व्यक्तिहरूलाई प्रायलाई पखाला, ज्वरो, पेटमा दुख्ने समस्या हुन सक्छ । यी लक्षणहरू संक्रमित भएपछि ६ घण्टा देखि ६ दिनसम्म देखा पर्न सक्छ । व्यक्ति सामान्यतया ४ देखि ७ दिनसम्म बिरामी हुन्छन्। ६ बर्षभन्दा मुनिका बच्चाहरू र ६५ बर्षभन्दा माथिका वृद्धाहरू तुलनात्मक रूपमा बढी बिरामी भएका छन् ।
केहि अवस्थाहरूमा साल्मोनेला संक्रमण पेटको आन्द्रापछि शरीरका अन्य भागहरूमा पनि फैलिन सक्छ जसको कारण अस्पताल भर्ना आवश्यक रहेको चिकित्सकहरुले सल्लाह दिएका छन् ।
यस पटक अमेरिकामा साल्मोनेला ब्याक्टेरियाको संक्रमणको प्रारम्भिक घटनाहरू १९ जुनदेखि ११ जुलाईमा देखा परेको थियो । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनका अनुसार प्याज बाहेक अरू कुनै उत्पादनबाट संक्रमण फैलिएको हो कि भनेर पत्ता लगाउन कोशिस गर्दैछन ।
प्रतिक्रिया दिनुहोस