
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा परि ८ जना बेपत्ता भएका छन् । लगातारको वर्षासँगै राति पहिरो खसेपछि ८ जना बेपत्ता भएका हुन् ।
इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार गएराति करिब दुई बजेतिर आएको पहिरोले कभर्ड हल निर्माणमा खटिएका कामदारहरु सुतेको घर पुरेको हो । तीन घण्टाको प्रयासमा एक जना भारतीय नागरिकलाई जीवितै उद्धार गरिएको छ ।
स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले अहिले पहिरोमा हराएकाहरुको खोजी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस