
एजेन्सी । वास्तुशास्त्र अनुसार आफ्नो घर बनाउँछन् । तर, घर सजाउँदा विषेश ध्यान दिन जरुरी छ । केहि व्यक्तिहरू छन् जसले विश्वास गर्दैनन् । वास्तु शास्त्रका अनुसारले यी बस्तुले एक किसिमको उर्जा दिन्छ । जुन घरको सुख समृद्धिको प्रतीक मानिन्छ । बास्तुशास्त्रका अनुसार केहि यस्ता बस्तुहरु छन जसले मानिसको शुखशान्ति खलल पुर्याउछ र घर परिवारमा आशान्ति फैलाउछ भन्ने विश्वास गरिएको छ ।
धेरै वैज्ञानिकहरूले पनि वास्तुशास्त्रको शक्तिलाई राम्रो र नराम्रो उर्जाको सम्बन्धमा अनुसन्धान गरिरहेका छन ्। वास्तुशास्त्रका केही नियमहरूको पालना गरेर, तपाईं आफ्नो घरमा पनि सुख र शान्ति ल्याउन सक्नुहुन्छ । यसको लागि तपाईको घरबाट ती चीजहरू हटाउनुहोस् जुन वास्तुशास्त्र अनुसार राम्रो मानिदैनन ।
डुब्दै गरेको डुंगाको चित्र घरमा राख्न हुँदैन । डुब्दै डुंगालाई पतनको प्रतीक मानिन्छ । वास्तुशास्त्रका अनुसार घरमा डुब्ने डुंगाको चित्र प्रयोग गरेर घरका सदस्यहरूबीचको दूरी बढ्न थाल्ने मानिन्छ । यदि तपाईंको घरमा यस्तो तस्वीर छ भने, यसलाई हटाउनुहोस्।
सुंगुर, सर्प, चील, उल्लू, बाँदर, गिद्ध, परेवा, काग जस्ता जनावर र चराहरूको मूर्तिकला वा चित्रहरू घरमा राख्नु हुँदैन । यी जंगली जनावरहरूको तस्वीर राखेर घरका सदस्यहरूमा हिंस्रक बन्न उक्साउ छ । घरको बेडरूममा एकल चरा चित्रहरू तस्विर नराख्नुहोस् ।
उदासी वा दुखी तस्विरहरु घरमा राख्नु हुँदैन। वास्तु शास्त्रका अनुसार त्यस्ता चित्रले जीवनमा उदासिनता ल्याउँछ । यो विश्वास गरिन्छ तितरी र मेहन्दीका रूखहरू दुष्टआत्माको बास गर्दछन् भन्ने जन विश्वास रहेको छ । त्यस्ता रूखहरू घरको वरिपरि रोप्न हुँदैन । नकारात्मक ऊर्जा घरमा फैलाउने विश्वास गरिन्छ । ।
ओइलिएका वा सुख्खा बोटबिरुवा र फूलहरू घरमा राख्नु हुँदैन। वास्तुशास्त्रका अनुसार सुकेका फूलहरूले घरमा नकारात्मक उर्जा ल्याउँदछ । काँढा भएका बोट विरुवाका रूखहरू पनि घरमा रोप्नु हुँदैन।
यदि घरमा टुक्रिएको गिलास, फर्निचर, टुटेको शीशा वा भगवानका फोटोहरू छन् भने, तिनीहरूलाई तुरुन्तै घरबाट हटाउनुहोस्। यी चीजहरूले घरमा गरिबी ल्याउँछ । नटराज नाचको एक प्रकार हो । यद्यपि यो विनाशको प्रतीक पनि हो । यसलाई तण्डव नृत्य पनि भनिन्छ । त्यसकारण, नटराजको शोपीस वा तस्वीर घरमा राख्नु हुँदैन ।
क्याक्टस बिरुवा घरमा राख्नु हुँदैन । यसले व्यापार वा पैसाको वृद्धिमा पनि बाधा पु¥याउँछ । ताजमहललाई घरको शोपीस वा फोटोको रूपमा राख्नु हुँदैन। यो चिहान हो र मृत्युको प्रतीक हो । मानिसहरूले यसलाई प्रेमको प्रतीक ठान्छन् तर वास्तवमा यो मुगल सम्राट शाहजहानकी पत्नी मुमताजको चिहान हो । त्यसकारण यो मृत्यु र शोकको चिह्न हो । ताजमहल घरमा राख्नले घरमा नकरात्मक प्रभावहरू पार्ने विश्वास गरिन्छ ।
घरमा भुलेर पनि युद्ध झल्कने खालका चित्र राख्न नराख्नु होला । वास्तुशास्त्रले महाकाव्य महाभारत र रामायणको युद्ध चित्रहरू राख्न अनुमति दिँदैन । त्यस्ता चित्रबाट घरका सदस्यका बीच मतभेद उत्पन्न हुन्छ र घरमा कलह निम्त्याउछ । यद्यपि झरना सुन्दर देखिन्छ तर यो वास्तुका अनुसार घर भित्र राख्नु अशुभ मानिन्छ । यो घरमा राख्नाले परिवारका सदस्यसँग पैसाको मकी हुन्छ ।
प्रतिक्रिया दिनुहोस