
एजेन्सी । भारतको इतिहासमा धेरै राजा र सम्राटहरुको उल्लेख छ। यद्यपि पछिल्ला पाँच दशकहरूमा धेरै परिवर्तन भएको छन । सन् १९७१ मा भारतको संविधानको २६ औं संशोधनले राजाहरूलाई दिने विशेष उपाधि र उनीहरूलाई दिएको निजी पर्स (महाराजालाई आर्थिक लाभ) खारेज गरियो । त्यसपछि शाही परिवारहरूले धेरै चुनौतिहरूको सामना गर्दै आएका छन् । यद्यपि, अझै धेरै शाही परिवारहरू छन् जसले नयाँ युगमा आफ्ना पुर्खाहरू जस्तै, ऐस आरामको जीवन बिताइरहेका छन् ।
महाराणा प्रतापको मेवाड़ राजवंश भारतको सबैभन्दा लोकप्रिय र सम्मानित शाही वंश हो । हाल राणा श्रीजी अरविन्द सिंह मेवाड़ राजवंशको ७६ औं संरक्षक हुन । उनका परिवार उदयपुरमा बस्छन्। सबै शाही दर्जा बाहेक राजस्थान भरि विरासत होटेल, रिसोर्ट र परोपकारी संस्था छन् ।
जयपुरको शाही परिवार राजपूतहरूको वंश हो । जसलाई कछवाहा राजवंशले चिनिन्छन । यी भगवान श्री रामको छोरा कुशका सन्तान भएको दाबी गरिएको छ । महामहिम महारानी भवानी सिंह अन्तिम महाराजा थिए । भवानी सिंहको कुनै छोरा थिएनन, त्यसैले २००२ मा उनले आफ्नी छोरीको जेठो छोरा पद्मनाभ सिंहलाई अपनाए । पद्मनाभ सिंहले यो शाही परिवारको परम्परालाई सफलतापूर्वक ग्रहण गरेका छन । पद्मनाभ सिंह पनि एक राष्ट्रिय स्तरका पोलो खेलाडी हुन् ।
वर्तमानमा अभिमन्यु सिंह अलसीसरको शाही परिवारको प्रमुख र सोह्रौं वंशज हुन् । उनी क्षेत्रीहरुको राज्यका शासक भएको मानिन्छ । जयपुर र रणथम्भोरमा उनीहरूको भव्य दरबारहरू छन् । यस बाहेक, उनको परिवारले पनि धेरै होटलहरू सञ्चालन गरिरहेको छन ।
परिवर्तित समयको साथ, धेरै शाही परिवारहरूले आफ्नो दरबारहरू सम्पदा होटेलमा रूपान्तरण गरेका छन । तर राजकोटको शाही परिवारले अहिलेसम्म त्यसो गरेको छैनन । हाल युवराज मन्धाता सिंह जडेजा यसको प्रमुख छन । यहाका शाही परिवारले जैव ईन्धन विकास र जलविद्युत् प्लान्टमा लगानी गरिरहेका छन ।
वाडियार शाही परिवारको इतिहास भगवान श्रीकृष्णको यदुवंशसँग सम्बन्धित भएको मानिएको छ । हाल मैसूर शाही परिवारका राजा यदुवीर कृष्णदत्त चमराज वाडियार छन । यस शाही परिवारले प्रसिद्ध रेशमी ब्रान्ड द मैसूरको रोयल सिल्कको स्वामित्व रहेको छ । यो राजा यदुवीरका काका श्रीकान्तदत्तले सुरु गरेका थिए ।
जोधपुरका राठोर शासकहरू आठौं शताब्दीको एक पुराना राजवंश हो। वर्तमानमा महाराजा गजसिंह द्धितिय यसका प्रमुख छन । यो शाही परिवारको जोधपुरमा धेरै ठूलो घररानामध्ये एकमा पर्छ । यस बाहेक, उम्मेद भवन र मेहरानगढ किल्ला पनि उनीहरूको हो ।
बीकानेर शहर पहिले बीकानेर रियासतको राजधानी थियो । यो शहर राव बिकाद्वारा १४८८ एडीमा स्थापना गरेका थिए । बीकानेरको वर्तमान शाही परिवार बीकानेरका २५ औं महाराजा रविराज सिंहको नेतृत्वमा छ ।
गायकवाड शाही परिवारका प्रमुख समरजीत सिंह गायकवाड हुन् । मराठीहरूको यी वंशज १८ औं शताब्दीमा बडौदामा आएर बसोबास गरेका थिए । वर्तमान शासकले लक्ष्मीविलास दरबार सहित २०,००० करोड भन्दा बढीको सम्पत्ति विरासतमा प्राप्त गरेका हुन ।
पटौदीका नवाबलाई यी शाही परिवारलाई सबैले चिन्छन । पटौदी राजवंश पहिले भारतीय क्रिकेट टोलीका प्रमुख तथा भारतीय क्रिकेट टीमका पूर्व कप्तान मंसूर अली खान पटौदीको नेतृत्वमा थियो । बलिउडका नवाब सैफ अली खान यस परिवारको परम्पराको सदस्यका रुपमा अनुसरण गर्दैछन ।
प्रतिक्रिया दिनुहोस