aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

आइएसओ प्रमाणपत्र पाउने पहिलो प्रशासन बन्यो जिप्रका रुपन्देही

  • पुनहरि बेल्बासे
    पुनहरि बेल्बासे
  • शुक्रबार, १७ जेठ २०७६
आइएसओ प्रमाणपत्र पाउने पहिलो प्रशासन बन्यो जिप्रका रुपन्देही

भैरहवा । जिल्ला प्रसासन कार्यालय रुपन्देही अन्तर्रा्िष्ट्रय गुणस्तर प्रमाणपत्र पाउने पहिलो प्रसासन कार्यालय बनेको छ । जिल्लामा सुरक्षा प्रदान, नागरिकता बितरण, राहदानी बितरण, गैरसरकारी संस्था दर्ता, नविकरण, अनुगमन, पत्रपत्रिका तथा छापाखाना दर्ता, नेतृत्व, बजार अनुगमन, बिपद् ब्यवस्थापन लगायत मापदण्डानुरुप सेवा प्रवाह गरेकामा अन्तर्रा्िष्ट्रय गुणस्तर संगठनले उक्त प्रमाणपत्र प्रदान गरेको हो ।

जिप्रका रुपन्देहीमा बिहिबार आयोजित कार्यक्रममा ‘आईएसओ ९००१ः २०१५’ प्रमाणपत्र अनावरण गर्दै प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने देशकै पहिलो प्रसासन कार्यालय बन्नु गौरवको विषय भएको बताए ।

मगरले कर्मचारीको लगनशीलता, कार्यकुशलता र गुणस्तरप्रतिको सचेतनाका कारण उपलब्धि हासिल भएको बताउदै प्राप्त उपलब्धि जोगाउन र अझ उच्च स्थानमा पुग्ने लक्ष्यका साथ काम गर्न प्रसासनका कर्मचारीलाई निर्देशन दिएको बताए । प्रसासन कार्यालय लाई ब्यवस्थित गराएर सुन्दरिकरण गर्न, सेवाग्राही लाई सहजपुर्ण बातावरण सिर्जना गर्न’, जिल्ला प्रसासन कार्यालयले अझै धेरै काम गर्न बाकि रहेको उनले भने । गुणस्तर प्रमाणपत्रले आफुहरुलाई थप चुनौती थपिएको उनले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले गुणस्तरिय ब्यवस्थापनको परिणाम स्वरुप प्रशासनले उक्त प्रमाणपत्र पाएको बताउदै त्यसबाट अन्य प्रशासन कार्यालय लाई पनि प्रेरणा मिलेको विचार व्यक्त गरिन् । प्रसासन कार्यालयले अन्तर्रा्िष्ट्रयस्तरको गुणस्तर प्राप्त गर्नु प्रतिष्ठाको विषय भएको बताउदै त्यसलाई कायम राख्न चुनौति थपिएको बताइन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मे २८ तारिखमा गुणस्तर प्रमाणपत्र पाएको हो । गृहमन्त्रालय संग अनुमति लिएर अनलाइन मार्फत आईएसओ ९००१ः२०१५ को लागी आवेदन भरिसके पछि अन्तर्रा्िष्ट्रय गुणस्तर संगठनको नेपाल प्रतिनिधीले प्रशासन कार्यालय पुगेर गोप्य तरिकाले अनुगमन गरेर गुणस्तर प्रमाण पत्र प्रदान गरेको जानकारी प्रशासनले दिएको छ ।

उक्त प्रमाण पत्रको म्याद सन् २०२२ मे २५ सम्म रहेको छ भने सन् २०२० मे २६ र सन् २०२१ मे २४ मा संगठनको प्रतिनिधीले प्रशासनको निरीक्षण गर्ने छ ।
 

प्रतिक्रिया दिनुहोस