काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्दै छ ।
आजको बैठक नियमित भएपनि कोरोनाको विषयमा थप छलफल गरी महत्त्वपूर्ण निर्णय हुन सक्ने जनाएकाे छ ।
पछिल्लो समय उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या थपिएसँगै अब कसरी अघि बढ्ने भन्नेबारे गम्भीर छलफल भइरहेकाे छ । यसका लागि सीसीएसीको बैठकमा पनि आवश्यक छलफल भएको र मन्त्रिपरिषद्मा थप छलफल गरेर टुंगोमा पुग्ने बताइएकाे छ ।
सरकारले हाल लकडाउन खोलिसकेको अवस्थामा फेरि लकडाउन गर्ने या अन्य मोडल अपनाउने भन्नेबारे बहस हुँदै आएको छ ।
यसअघि लकडाउन खोल्दैमा काेराेना महामारीकाे नियन्त्रण नहुने भन्दै चाैतर्फी बिराेध भइरहेकाे छ । पुनः लकडाउन गरिनुपर्ने धारणा राख्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस