
बुटवल । अख्तियार दुरुपयोग अनुसनधान आयोगले बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृतलाई स्रोत नखुलेको नगदसहित पक्राउ गरेको छ ।
उनीहरुलाई सोमबार रुपन्देहीबाट नियन्त्रणमा लिएको आयोगले जनाएकाे छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायालाई श्रोत नखुलेको नगद रकम रु.३,४८,००० (तीन लाख ४८ हजार ) र विभिन्न मितिको बैंक भौचर रकम रु.५,५०,००० (पाँच लाख पचास हजार) सहित रुपन्देहीको सालझन्डीबाट आयोगको बुटवल कार्यालय टोलीले नियन्त्रमा लिएको हो ।
प्रतिक्रिया दिनुहोस