aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

स्वास्थ्य बीमा बोर्डमा पूर्व सचिव डा. उप्रेती नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० साउन २०७७
स्वास्थ्य बीमा बोर्डमा पूर्व सचिव डा. उप्रेती नियुक्त

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ । सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सिफारिसमा मन्त्रिपरिषदले डा.उप्रेतीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो 

यसभन्दा पहिलाका अध्यक्ष डा.रमेश पोखरेलले राजीनामा दिएपछि बोर्डको अध्यक्ष पद खालि रहेको थियो । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी सहसचिव डा राधिका थपलियालाई दिएको  थियो ।

प्रतिक्रिया दिनुहोस