aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भारतले चिनियाँ बैदु र विभो पनि ब्लक गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० साउन २०७७
भारतले चिनियाँ बैदु र विभो पनि ब्लक गर्यो

भारत । भारतले चिनियाँ प्रभावशाली सर्च इन्जिन बैदु सर्च र सोसल साइट विभोलाई ब्लक गरेको छ। विभो सन् २००९ मा सुरु भएको हो जसका ५० करोड प्रयोगकर्ता रहेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि तीमध्ये एक हुन् जसले सन् २०१५ मा चीनको भ्रमणमा जानुअघि यसको प्रयोग थालेका थिए। चीनसँग सम्बन्ध चिसिँदै गएपछि मोदीले यसको प्रयोग बन्द गरेका छन्।

बैदु भने भारतमा विस्तार हुने रणनीतिका साथ अगाडि बढिरहेको थियो। यसका प्रमुख कार्यकारी अधिकृत रोविन लि यसै वर्षको जनवरीमा भारत आएका थिए। आइआइटी मद्रास क्याम्पसमा उनले प्रवचन समेत दिएका थिए । 

टाइम्स अफ इन्डियाका अनुसार चीनको पहिचान लिएका चर्चित दुई एपहरुलाई भारतमा बन्द गराउन गुगल र एप्पललाई अनुरोध गरिएको छ भने भारतमा इन्टरनेट सेवा प्रदायकलाई पनि यसबारे निर्देशन दिइसकेको छ । यी तिनै ४७ एप्लिकेसनमध्येका हुन् जसलाई जुलाइ २७ मा भारतमा प्रतिवन्ध लगाइएको छ । 

प्रतिक्रिया दिनुहोस