aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

सशस्त्र प्रहरीका १ डीएसपीसहित १ सय ३१ जनामा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० साउन २०७७
सशस्त्र प्रहरीका १ डीएसपीसहित १ सय ३१ जनामा कोरोना संक्रमण

काठमाण्डु । पछिल्लो समय मुलुकमा कोरोना भाइरस संक्रमणदर बढेसँगै सशस्त्र प्रहरी बलका १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस संक्रमितमा काठमाण्डुका १ जना, बाराका १, झापाका ३३ र अन्य सबै इलामका रहेका सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले जानकारी दिए । 

जसमा एकजना डीएसपी पनि रहेका छन् । संक्रमितको उपचारसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ सुरु गरिएको छ । अहिलेसम्म सशस्त्र प्रहरी बलका संक्रमितमध्ये ६८ जना डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस