aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

पुनः लकडाउन गर्ने कि नगर्ने ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० साउन २०७७
पुनः लकडाउन गर्ने कि नगर्ने ?

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेतालाई समेत राखेर कोरोना संक्रमणको अवस्था र जोखिमबारे स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गरिरहेका छन् ।

प्रधानमन्त्रीले आज विज्ञहरूलाई बालुवाटारमा बोलाएर लकडाउनपछिको कोरोना संक्रमणको अवस्थाबारे छलफल सुरु गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार छलफलमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालसहित मन्त्रालयका विज्ञहरु, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक र अन्य विज्ञहरू छलफलमा सहभागी छन् ।

छलफलमा मुख्य प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देउवा प्रधानमन्त्री केपी ओलीले बोलाएको विज्ञहरुको बैठकबाट बाहिरिएका छन् । छोटो समय बसेर आफ्नो धारणा राखेका देउवाले कोरोना नियन्त्रणमा सरकारले आफूहरुले दिएको सुझाव अनुसार काम नगर्दा भयाबह स्थिति आउन लागेको भन्दै सरकारका कामकारवाही प्रभावकारी हुन नसकेको बताएका थिए । 

बैठकपछि बालुवाटारमा सञ्चारकर्मीहरुसँग छोटो प्रतिक्रिया दिँदै सभापति देउवाले काम गर्ने सरकारले नै भएको बताए । ‘हामीले सुझाव दिएकै छौँ । हामीले दिएको सुझाव नमान्ने । अनि फेरि सुझाव लिन किन बोलाउनुपर्यो ?’, देउवाको भनाइ छ । 

उनले सरकार कोरोना र बाढीपहिरो नियन्त्रण तथा राहत र उद्दारमा खटिनुको साटो सत्ताको खिचातानीमा मात्रै रमाउने गरेको बताए । ‘कुरा कसैको नुसुन्ने । यो यो गर्नुस् भनेर भनेकै छौँ । थप सुझाव के दिनु केही छैन । दिएको सुझाव कार्यान्वयन गर्नुुस् भनेर भनेँ’, देउवाको भनाइ छ । 

बैठक सुरु हुनुअघि बालुवाटारमा पुगेका सञ्चारकर्मीहरुसँग प्रधानमन्त्री केपी ओलीले संक्षिप्त प्रतिकृया दिएका थिए । त्यसक्रममा उनले सरकारले २५ जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला नहुन भनेपनि नागरिकले नै वेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाए ।

‘तर सरकारले भनेको नमानी हाम्रै साथिीरु कहिले स्थायी समिति बैठकको कुरा त कहिले केन्द्रीय समिति अनि केही महाधिवेशन गरौँ भन्छन् । यस्तो अवस्थामा भिडभाड गर्न नहुनेमा हामी आफैबाट भिडभाड भइरहेको छ । यसलाई हामीले गम्भीर रुपमा लिएर छलफल गर्दैछौँ’, प्रधानमन्त्री ओलीले भने,  ‘दिनप्रतिदिन कोरोनाको जोखिम बढेको अवस्थामा राजनीतिक दलहरुले पनि भेला, समारोह र बैठक गर्दा सोच्नुपर्ने अवस्था छ ।’

उनले मिडियाले सरकार नै देखिएन भनेर गरेको प्रचार पनि सही नभएको दावी गरे । ‘काम गरिरहेकै छ सरकार अव कसरी हो त सरकार देखिने रु’ओलीको प्रश्न छ ।  मिडियाले सरकार देखिएन भनेरमात्रै नहुने भन्दै सरकारले काम गरेका ठाउँमा पुगेर देख्न प्रधानमन्त्री ओलीको आग्रह थियो ।

‘संकटलाई विरोध गर्ने अवसरका रूपमा लिने प्रवृत्ति बदल्नु पर्छ ।यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध । कहिले लकडाउन किन भनेर, कहिले लकडाउन खोलेको भनेर विरोध । महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्नु हुन्न । यसलाई विरोधको अवसरका रूपमा लिनु हुन्न’, प्रधानमन्त्री ओलीले भने, ‘लकडाउन गर्ने नगर्ने कुरा समुदायमा संक्रमणको स्तर हेरेर गरिन्छ । तर हरेकले सामाजिक दूरी कायम गर्ने ,मास्क लगाउने गर्नुपर्छ ।’ देउवा बैठकबाट निस्केपनि छलफल जारी छ । 

प्रतिक्रिया दिनुहोस