
काठमाडौं । आज सार्वजनिक बिदा परेकाले एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा प्रकाशित नहुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा प्रकाशनकाे तयारी गरेकाे थियाे । राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) का उपनियन्त्रक महेश्वर शर्माले आज यसबारे जानकारी दिएका हुन्। उनले भने,‘भोलि बोर्ड बैठक बस्दै छौँ । त्यसपछि कहिले प्रकाशित हुने छ निर्णय हुन्छ ।’
उनका अनुसार बुधबार बोर्ड बैठक बस्ने कार्यतालिका छ । उक्त बैठकको निर्णयले भोलि बेलुका वा बिहीबारसम्म नतिजा प्रकाशित हुने सम्भावना बढी छ ।
बोर्डका अनुसार यस वर्ष चार लाख ८३ हजार विद्यार्थीको एसइई परीक्षाको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुनेछ ।
प्रतिक्रिया दिनुहोस