
अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिकटकले अमेरिकामा गर्ने व्यवसाय अमेरिकी संस्थाले किनेमा त्यसबाट अमेरिकी सरकारले पैसा पाउनुपर्ने बताएका छन्। ट्रम्पले आफूले माइक्रोसफ्टको उच्चपदस्थ कर्मचारीसँग सप्ताहान्तमा फोनमा कुराकानी गर्दा खरिद रकमको राम्रो भाग माग गरेको बताएका हुन्।
उनले चीनको बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले सेप्टेम्बर १५ सम्म विक्रीको सहमति नगरे उक्त एपलाई प्रतिबन्ध लगाउने बताएका छन्।
ट्रम्पले चिनियाँ कम्पनीहरूमाथि निगरानी गर्ने बताएपछि बाइटडान्सलाई टिकटकको अमेरिका व्यवसाय बेच्न दबाव परेको छ। ट्रम्प प्रशासनले टिकटकले चिनियाँ सरकारलाई तथ्याङ्क उपलब्ध गराएको आरोप लगाएको छ जसलाई टिकटक र बेइजिङले अस्वीकार गरेका छन्।
"अमेरिकाले विक्री रकमको ठूलो प्रतिशत पाउनुपर्छ किनभने हामी त्यसलाई सम्भव बनाइरहेका छौँ," ट्रम्पले भने।
अमेरिकी सरकारलाई पैसा दिनुपर्ने सर्तले किनबेचको छलफल गरिरहेका कानुनविज्ञहरूलाई थप असहज बनाएको छ किनभने किनबेचको सरकारी अनुमतिका लागि यस्तो सर्त असामान्य छ।
वकिल निकोलस क्लेनले सरकारलाई निजी व्यवसाय किनबेचबाट पैसा लिने अधिकार छैन। चीनमा सरकारी चाइना डेली समाचारपत्रले मङ्गलवार चिनियाँ सरकारले चिनियाँ प्रविधि कम्पनीको चोरी नसहने लेखेको छ। बीबीसी
प्रतिक्रिया दिनुहोस