
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय एजेन्सीहरूलाई एन वन बी भिसा धारकहरूलाई रोजगारी दिन प्रतिबन्धित गरेको सरकारी आदेशमा हस्ताक्षर गरेका छन् । अमेरिकामा रोजगारी खोज्ने विश्वका धेरै आईटी पेशेवरहरूको लागि यो ठूलो झटका छ ।
यस अवसरमा डोनाल्ड ट्रम्पले भने, “म सरकारी आदेशमा हस्ताक्षर गर्दैछु । यसले अमेरिकीहरुलाई रोजगार दिनको संघीय सरकारको साधारण नियमको पालना सुनिश्चित गर्नेछ । ट्रम्पले भने कि हाम्रो प्रशासन सस्तो विदेशी श्रमको बदलामा मेहनती अमेरिकीहरुलाई निष्कासन गर्ने कार्यलाई सहन गर्दैन ।“
अमेरिकाले एच १ बी भिसाको नियमनलाई अन्तिम रूप दिँदै अब कुनै पनि अमेरिकी कर्मचारीहरू प्रतिस्थापन नहुने गरि व्यवस्था गरिने जनाइएको छ । एच वान बी भिसा अमेरिकीहरूका लागि रोजगारी सिर्जना गर्न उच्च प्रतिभा भएकालाई उच्च भुक्तानी सहितको व्यवस्था गरिने छ ।
ट्रम्प प्रशासनले २०२० को अन्तसम्ममा एच १ बी भिसा र अन्य प्रकारका विदेशी काम भिसा स्थगित गर्ने तयारी गरेको छ । एच १ बी भिसा मार्फत अमेरिकी कम्पनीहरूले विदेशी कर्मचारीहरूलाई प्राविधिक वा अन्य विशेषज्ञताको पदमा नियुक्ति गर्ने गरेका थिए । अमेरिकाका आईटी क्षेत्रका कम्पनीहरूले यस भिसामा हरेक वर्ष चीन र भारतका हजारौं नियुक्त गर्दछन् ।
प्रतिक्रिया दिनुहोस