aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

सुन आयातमा भारी गिरावट, गत आवमा कति भित्रियो ?

  • रिता राउत
    रिता राउत
  • बुधबार, २१ साउन २०७७
सुन आयातमा भारी गिरावट, गत आवमा कति भित्रियो ?

काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर उकालो लाग्दै जाँदा नेपालमा सुन आयातमा भारी गिरावट आएको  छ । अघिल्लो आव असारमा ६० हजारको हारहारीमा रहेको सुनको मूल्य अहिले बढेर प्रतितोला एक लाख रुपैयाँ नजिक पुगेको छ । 

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा सुन आयात ६०.६ प्रतिशतले घटेको छ । कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न गरिएको करिब तीन महिना लामो लकडाउन र त्यसपछि बढेको सुनको मूल्यका कारण अहिले बजार सुन बजार सुनसानजस्तै छ । 

त्यसो त लकडाउन अघि नै सरकारले व्यापार घाटा घटाउने प्रयास स्वरुप प्रतिदिन २० किलो सुन आयात गर्न पाउने व्यवस्थालाई घटाएर १० किलोमा सीमित गरेको थियो । सो कारणले पनि सुन आयात कम भएको हो । अर्कोतर्फ मूल्य बढेपनि सुन किन्ने गत आवदेखि नै घट्दै गएका थिए ।  

तथ्यांक अनुसार गतआवमा १३ अर्ब ६३ करोडको सुन आयात भएको छ । अघिल्लो आव २०७५/७६ मा भने ३४ अर्ब ६३ करोड रुपैयाँको सुन आयात भएको थियो । त्यस्तै, चाँदीमा आयातमा पनि ४१ प्रतिशतले कमी आएको छ । ४ आर्थिक वर्ष २०७५/०७६ मा १६ अर्ब ८६ करोड रुपैयाँको चाँदी आयात भएकोमा आव २०७६/०७७ मा ९ अर्ब ४९ करोड रुपैयाँ बराबरको चाँदी आयात भएको छ । 

यसकारण सुनको मूल्य निरन्तर उकालो 

अहिले विश्व बजारमा सुनको मूल्यले दिनप्रतिदिन नयाँ रेकर्ड कायम गर्दै गएको छ । अबको ६/७ महिनामा सुनको मूल्य डेढ लाख रुपैयाँ पुग्न सक्ने अनुमान व्यवसायीले गरेका छन् । वल्र्ड गोल्ड काउन्सिलले २०२१ को शुरुका केही महिना मै सुनको मूल्य बढेर २८ सयदेखि ३ हजार डलर पुग्ने अनुमान गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले सुुनको मूल्यले बजारमा अहिले नयाँ रेकर्ड कायम गर्दै बुलिश ट्रेनमा दौडिनै रहेको बताए । उनले सुनको मूल्यमा लगाम लाग्ने अवस्था नदेखिएको बताए । 

सुन नेपाली धर्म र संस्कृतिसँग जोडिएको बहुमूल्य धातु हो । त्यसैले मूल्य बढी भएपनि यसको चाम भने घट्दै न । किन कि धेरै परिमाणमा किन्नेले थोरै किन्लान्, तर सुनको महत्व भने जतिसुकै मह्गो भएपनि नघट्ने शाक्यले बताए । 

उनकाअनुसार विशेष गरी चीन र अमेरिकाबीचको व्यापारिक युद्ध, इरान र अमेरिकाबीचको तनावलगायतका कारण गत आवको सुरु देखि नै सुनको मूल्य बढ्दै गयो । पछिल्लो समय डलर कमजोर बन्दै गएको अवस्था छ । मानिसहरूले डलरलाई भन्दा सुनलाई विश्वास गर्न थालेका छन् । डलर रिर्जभ राख्ने ठाउँमा सुन राख्न थालिएको छ । डलर प्रतिमानिसको विश्वास घट्दै जाँदा सुनको मूल्य आँकासिएको हो । 

बैंक मै थन्कियो ३ सय २१ किलो सुन

हाल बैंकहरूले आयात गरेको ३ सय २१ केजी सुन बिक्री हुन सकेको छैन । नेपाल बैंकर्स संघका अनुसार गत ९ साउनसम्म उक्त परिमाणको सुन बैंकमा स्टक रहेको छ । अहिलेको बजार मूल्यअनुसार बैंकहरूमा २ अर्ब ७१ करोड रुपैयाँ बराबरको सुन स्टक रहेको हो । 

२१ वाणिज्य बैंकले गत आर्थिक वर्ष ०७६÷७७ का लागिक ुल २ हजार ४ सय सुन ल्याउने अनुमति पाएका थिए । राष्ट्र बैंकको तथ्यांक अनुसार गत फागुनसम्ममा भने कुल १३ अर्ब ६३ करोड रुपैयाँको सुन आयात भएको थियो । यो गतवर्षको तुलनामा करिब ५७ प्रतिशतले कमी हो । 
 

प्रतिक्रिया दिनुहोस