
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ५४ साधारणसभाको मिति तय गर्न आज नेपाल उद्योग वाणिज्य महासंघले कार्य समिति बैठक बोलाएको छ । महासंघले आज साधारणसभाको नयाँ मितितय गर्न कार्य समिति बैठक बोलाएको हो । महासंघ भित्रैका पदाधिकारी चर्को दबाबपछि महासंघ अध्यक्ष भवानी राणाले नयाँ मिति तय गर्ने गरी बैठक बोलाइएको हो ।
‘महासंघको ५४ औं वार्षिक साधारण सभा कसरी र कहिले गर्ने भन्ने सम्बन्धमा नयाँ नीति बनाउन कार्यसमिति बैठक बोलाइएको महासंघले जानकारी दिएको छ । उनका अनुसार आज बुधबार दिउँसो २.०० बजे कार्य समिति बैठक बस्ने समय तोकिएको छ । साधारणसभा हुनेपर्ने समयले कटेको चार महिनासम्म पनि नयाँ कार्यसमिति चयन हुन नपाएपछि साधारणसभाको नयाँ नीतिगत व्यवस्था गर्न बैठक बोलाइएको महासंघ उच्च पदाधिकारीले बताए ।
महासंघको अब हुने साधारणसभाले नयाँ कार्य समिति तय गर्ने छ । यसरी साधारणसभाको मिति सारिरह्दा राम्रो म्यासेज नजाने भन्दै सम्भवत महासंघको साधारणसभा पनि भर्चुअलबाटै गर्ने र निर्वाचनका लागि भने प्रदेश अनुसार अनलाइन भोटिङ गर्ने विषयमा छलफल हुनेछ ।
महासंघमा पछिल्लो समय साधारण सभा पनि सूचना प्रविधिका अन्य प्रविधिका माध्यमाबाट गर्न सकिने भन्दै बैठक बोलाउन दवाव आइरहेको छ । महासंघ स्रोतका अनुसार अर्को चैतमा साधारण सभा सार्ने विषयमा केन्द्रित भएर आज बैठक गर्न लागिएको हो । काठमाडौँमै पदाधिकारी एकै ठाउँमा बसेर बैठक गर्ने स्थिति यति बेला छैन । सो कारण महासंघले आजको बैठक भर्चुअल गर्न लागेको हो ।
साढे दुई बजे बैठक गर्ने समय तोकिएको छ। आजको बैठकले साधारण सभाको नयाँ मिति तय गरे पुनसयसलाई सार्नु पर्ने स्थिति आउने सम्भावना यथावतै छ। किनकि सरकारले अझै सभा सम्मेलन गर्न अनुमति दिएको छैन । महासंघको निर्णयले सरकार र महासंघ सम्बन्ध चिसिने संभावना रहन्छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ कारण भएको बन्दाबन्दीको कारण चैत २७ र २८ गते तय भएको महासंघको साधारणसभा रोकिएको थियो । सरकारले गत असार ७ गते लकडाउन खोलेपछि यहि साउन २६ र २७ गते साधारणसभा र निर्वाचन गर्ने मिति तय भएको थियो । पछि सरकारले आंशिकमात्र लकडाउन खोलेको सूचना जारी गरेर भिडभाड नगर्न भनेपछि महासंघले सो दिन तय भएको साधारणसभा स्थगन गरेको थियो ।
अहिले लकडाउन खुलेपनि कोभिडको प्रभाव अझ बढ्लो क्रममा रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिजो मंगलबारमात्र जनस्वास्थ्य अधिकृतहरूले दुई साता लकडाउन वा अन्य कुनै मोडालिटीबाट भिडभाड कम गर्न सुझाव दिएको छ । यसैबीच महासंघले आज बुधबार कार्य समिति बैठक बोलाएर नयाँ नीतिगत व्यवस्था गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस