
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको माइक्रोसफ्टले टिकटक खरिद गर्ने भएपछि अमेरिकाले पाउनु पर्न कमिसन मागेका छन् । व्यापार एक राष्ट्र प्रमुखले राखेको यस्तो प्रस्ताव अचम्मको भएको टिका टिप्णी हुन थालेको छ ।
चिनियाँ कम्पनी टिकटकले आफ्नो अमेरिकामा रहेको व्यापार बेच्न बाध्य पारिएको छ । किनकि राष्ट्रपति ट्रम्पले यस चिनियाँ एपलाई प्रतिबन्धित गर्न आग्रह गरेका छन । टिकटककको दावी अनुसार अमेरिकामा यस भिडियो एपको करीव १० करोड प्रयोगकर्ताहरू छन् । महत्त्वपूर्ण कुरा के छ भने भारत सरकारले सुरक्षा र गोपनियताको प्रमाण दिँदै टिकटकमा प्रतिबन्ध लगाइसकेको छ ।
ट्रम्प प्रशासनले टिकटक अमेरिकाको राष्ट्रिय सुरक्षाको लागि खतरनाक रहेको बताइ सकेका छन । यद्यपि संयुक्त राज्यले कसरी टिक्टकलाई प्रतिबन्ध लगाउन सक्छ भन्ने कुरा स्पष्ट छैन । किनभने यसभन्दा अघि कुनै उपभोक्ता एप प्रतिबन्धित गरिएको छैन । टिकटकले स्पष्ट रूपमा अस्वीकार गर्दै उनले कुनै अमेरिकी डाटा चिनियाँ सरकारसँग शेयर नगरेको प्रस्ट पारेको छ ।
माइक्रोसफ्टले पुष्टि टिकटक खरिद गर्ने विषयमा प्रष्ट पारिसकेको छ । एसोसिएटेड प्रेसका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले हालसालै पत्रकारहरुलाई भने, “अमेरिकाले यसको मूल्यको ठूलो प्रतिशत प्राप्त गर्नुपर्दछ, किनकि हामीले यो सम्झौता सम्भव तुल्याएका छौं। हामी चाहन्छौं र हामी विश्वास पनि गर्छौं कि यसको ठूलो प्रतिशत अमेरिकालाई दिइनु पर्छ र हाम्रो कोष आउनु पर्छ । “
प्रतिक्रिया दिनुहोस