aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

लक्ष्मी भ्यालु फण्ड–१ द्वारा रकम फिर्ता भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ साउन २०७७
लक्ष्मी भ्यालु फण्ड–१ द्वारा रकम फिर्ता भुक्तानी

काठमाडौं । लक्ष्मी बैंक कोष प्रबद्र्धक रही लक्ष्मी म्युचुअल फण्ड अन्गर्तत सञ्चालित लक्ष्मी भ्यालु फण्ड–१ ले परिपक्क भएपश्चात इकाईधनीहरुलाई रकम फिर्ता भुक्तानी गरेको छ । 

योजनाले हाल कायम इकाईधनीहरुले प्राप्त गर्न बाँकी ५ दशमलव २२ प्रतिशत रकम सम्बन्धित इकाईधनीहरुको बैंक खातामा रकम जम्मा गरिदिएको हो । 

हालसम्म रकम फिर्ता भुक्तानी नभएका र अभौतिकीकरण गरि नसकेका इकाईधनीहरुले यथासिघ्र सम्पर्क गर्न समेत योजनाले अनुरोध गरेको छ । यो योजना २०७६ चैत ११ गतेदेखि परिपक्क भएको हो । 

यस योजनाको सम्पूर्ण व्यवस्थापनको कार्य लक्ष्मी क्यापिटलले लिएकाले हालसम्म रकम फिर्ता भुक्तानी नपाएकाहरुले सोहि क्यापिलमा सम्पर्क राख्नुपर्नेछ । लक्ष्मी क्यापिटलले सञ्चालनमा ल्याएको यो पहिलो योजना हो ।
 

प्रतिक्रिया दिनुहोस