aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

नेप्सेको अनलाइन कारोबारमा लापरबाही भएको संघको ठहर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ साउन २०७७
नेप्सेको अनलाइन कारोबारमा लापरबाही भएको संघको ठहर

काठमाडौं । नेप्सेको अनलाईन कारोबार प्रणालीमा वारम्वार देखिएको समस्या दिर्घकालिन रुपमा समाधान गर्न शेयर लगानीकर्ता संघ नेपालले माग गरेको छ ।

संघले प्रेस विज्ञप्ती जारी गर्दै साउन २१ गते अनलाईन प्रणालीमा देखिएको समस्याप्रति गम्भिर ध्यानकर्षण भएको बताएको हो । 

उक्र दिन नियमित समयभन्दा ४५ मिनटपछि कारोबार सुरु हुनु र त्यसमा पनि नेप्सेको वेवसाइट र टिएमएसमा फरक इन्डेक्स देखिनु हदै सम्मको लापरवाही भएको संघको ठहर छ ।

दैनिक कारोबार सञ्चालन गर्ने जिम्वेवारी पाएको नेप्सेबाट वारम्वार आईरहेको यस्ता समस्याहरुमा दिर्घकालिन समाधानको बाटो खोज्न समेत संघले नियामक निकाय नेपाल धितोपत्र बोर्डसमक्ष माग गरेको छ । पूँजीबजार जस्तो सम्बेदनशील क्षेत्रमा लापरवाही गर्ने व्यक्ति वा निकायलाई संरक्षण र छुट हुन नहुने संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

संघले बोडद्वारा उक्त कमिकमजोरी प्रति निष्पक्ष छानविन गर्दै आगामी दिनमा यस्ता घटनाहरुको पुनरावृत्ति नहुने प्रत्याभूति आम लगानीकर्ताहरुमा तत्काल गर्न जोडदार माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस