aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

भक्तपुरमा स्कुटरको ठक्करबाट महिलाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ साउन २०७७
भक्तपुरमा स्कुटरको ठक्करबाट महिलाको मृत्यु

काठमाडौं । भक्तपुरमा आज स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नम्बरको स्कुटरले भक्तपुर नगरपालिका १० भक्तपुर–चाँगु सडक वान्टीमा ठक्कर दिँदा पैदलयात्री भोलाछे बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

स्कुटरले उनलाई हिजो दिउँसो करिब २ः२० बजे ठक्कर दिएको थियो । प्रहरीले घाइतेलाई उपचारका लागि भक्तपुर अस्पताल लगेकामा त्यहाँ उपचार हुन नसकेपछि वीर अस्पताल ट्रमा सेन्टर पठाइएको र त्यहाँ पनि उपचार हुन नसकेपछि राति न्यूरो अस्पताल बाँसबारी पठाइएको थियो ।

उपचारका क्रममा आज बिहान ८ बजे उनको मृत्यु भएको जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस