
काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै प्रहरी हेडक्वार्टरमा काेराेनाभाइरस (काेभिड-१९)बाट संक्रमित हुनेकाे संख्या ८५ पुगेको छ । हाल नेपालभर ३१९ जना प्रहरी कोरोना संक्रमित पुष्ट भएकाे र १ सय १९ जना निकाे भइसकेका छन् ।
बिहीबार १० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कठायतले पुष्टि गरे ।
प्रतिक्रिया दिनुहोस