काठमाडौं । नेपालमा ३६० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३६० जना नयाँ संक्रमित थपिएका हुन् ।
नयाँ थपिएकास संक्रमित झापाका ८, मोरङका २४, सुनसरीका १९, इलामका १५, धनुषाका २४, महोत्तरीका ३, सर्लाहीका २, सिराहाका २, पर्साका ४२, रौतहटका २, रामेछापका १, उदयपुरका १, बाजुराका ३, गोर्खाका ४, काठमाडौँका ७६, कपिलवस्तुका ३२, सर्लाहीका ७, कञ्चनपुरका २, भक्तपुरका १, भोजपुरका २, दोलखाका १ र ललितपुरका १० जनामा कोरोना पुष्टि भएको हो। नुवाकोटका १, चितवनका १, बाराका १४, मकवानपुरका ४, काभ्रेका ३, गोर्खाका २, कास्कीका १, पर्वतका १, दाङका ३, प्युठानका ५, रुपन्देहीका ४, दैलेखका १, सुर्खेतका १, जुम्लाका १, मुगुका १, बैतडीका १, डोटीका २, अछामका ७, बझाङका ३ तथा कैलालीका २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोना भाइरसको संक्रमण निको भएर थप २३३ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १५ हजार ३८९ पुगेको छ।
प्रतिक्रिया दिनुहोस