aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

१३२ वर्ष पुरानो धलौटको माना, पाथी र टुकी फेला पर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ साउन २०७७
१३२ वर्ष पुरानो धलौटको माना, पाथी र टुकी फेला पर्यो

काठमाडौं । ऐतिहासिक धलौटले बनेको माना, पाथी र टुकी नुवाकोटमा फेला परेको छ । हाल विश्वभरी नै लोप अबस्थामा पुगेको मट्टितेल हालेर बाल्ने पुरातात्विक टुकी र मानापाथी फेला परहेको हो । 

उक्त एक सय ३२ वर्ष पहिला तत्कालिन श्री ५ पृथ्वी वीरविक्रम शाहको ( विस १९४५) पालाको धरौटको माना, पाथी र टुकी फेला परेको नुवाकोटका स्थानीय बासीको घरमा रहेको बताइएको छ । 

उक्त माना, पाथी र टुकी २०७२ सालको महाभूकम्पका कारण केहि क्षति भएको भएको नुवाकोटका स्थानीय बासी शरक सापकोटाले जानकारी दिएका छन् । 
 

प्रतिक्रिया दिनुहोस