aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

रिलायन्सले एप्पल ब्राण्डलाई उछिन्दै, फ्यूचरब्रान्ड इन्डेक्समा कुन कुन कम्पनी परे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ साउन २०७७
रिलायन्सले एप्पल ब्राण्डलाई उछिन्दै, फ्यूचरब्रान्ड इन्डेक्समा कुन कुन कम्पनी परे

एजेन्सी । भारतका उद्योगपति मुकेश अम्बानीको नेतृत्वमा रिलायन्स इन्डस्ट्रिजले अर्को सफलता हासिल गरेको छ । रिलायन्स इन्डस्ट्रिजलाई ’फ्यूचरब्रान्ड इन्डेक्स २०२०’ मा दोस्रो स्थानमा राखिएको छ । रिलायन्स इन्डस्ट्रीजले यो सफलता त्यस्तो समयमा हासिल गरेको छ जब कम्पनीको मार्केट क्याप १४ लाख करोडभन्दा बढी भएको छ । कम्पनी अब ऋणमुक्त भएको छ । शेयर बजारमा पनि नयाँ उचाईमा पुगेको छ । रिलायन्सको शेयर मूल्य २२०० रुपैयाँ पुगेको छ ।

अमेरिकी कम्पनी एप्पल ब्राण्ड अहिले विश्वमा पहिलो नम्बरमा रहेको छ ।  रिलायन्स इन्डस्ट्रीजको प्लेटफर्ममा लगानीको गति देखेर अनुमान गर्न सकिन्छ अब आउँदो दिनमा  विश्वको सबैभन्दा ठूलो ब्रान्ड हुनेछ ।

२०२० फ्यूचरब्रान्डको सूची सबैभन्दा लामो फड्को मारेर दोस्रो स्थानमा रिलायन्स  ब्राण्ड पुग्न सफल हुने उल्लेख छ ।  रिलायन्स उद्योग भारतमा सब भन्दा बढी नाफा कमाउने कम्पनीहरू हो । 

फ्यूचरब्रान्डको रिपोर्टका अनुसार मुकेश अम्बानीलाई रिलायन्सको सफलताको श्रेय दिनुपर्दछ । उनीहरूले कम्पनीलाई नयाँ परिचय दिएका छन्। प्रतिवेदनमा भनिएको छ, “आज कम्पनीले ऊर्जा, पेट्रो रसायन, कपडा, प्राकृतिक स्रोत, खुद्रा तथा दूरसञ्चार क्षेत्रमा काम गर्दछ ।  गुगल र फेसबुक जस्ता कम्पनीले यसको शेयर खरिद गरेका छन् । ुु

फ्यूचर ब्राण्ड भ्यालूका १० औं नम्बरका ब्राण्डहरुको सूचीमा पहिलोमा एप्पल र दोस्रोमा रिलायन्स परेका छन् । तेस्रो एनविडिया चौथो मोताई, पाँचौं नाइक, छैठौं माइक्रोसफ्ट, सातौं एएसएमएल, आठौं पेपाल, र नवौं नेटफ्लिक्स छन् । 

प्रतिक्रिया दिनुहोस