भैरहवा । रुपन्देहीको राममणि वहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन ९क्यूएए० प्रमाणपत्र प्राप्त गरेको छ । विश्व विद्यालय अनुदान आयोगले निर्धारण गरेका शैक्षिक गुणस्तर सम्बन्धी मापदण्डहरु पूरा गरेपछि सामुदायिक स्तरबाट सञ्चालित राममणिले क्यूएए प्रमाणपत्र प्राप्त गरेको हो ।
२०४५ सालमा स्थापित राममणिमा हाल व्यवस्थापनमा एमबीएस, मानविकी तथा सामाजिक शाष्त्रमा एमए, चार वर्षे बीबीएस, बीए र बीएड कक्षा सञ्चालन भइरहेका छन् । यस्तै प्लस टु तहमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायका कक्षाहरु पनि सञ्चालन छन् । क्याम्पसका ५ वटा ठूला तथा वहु तल्ले भवन छन् ।
क्याम्पसमा १२ सय ६५ जना विद्यार्थी, ४४ जना प्राध्यापक र १४ जना कर्मचारी कार्यरत रहेको क्याम्पस प्रमुख मोहनराज शर्माले जानकारी दिए । ४ वर्ष अगाडि क्यूएएका लागि प्रकृया शुरु गरेकामा यही जेठ १२ गते विश्व विद्यालय अनुदान आयोगबाट प्रमाणपत्र प्राप्त गरेको शर्माले बताए ।
भविष्यमा क्याम्पसलाई डिम विश्व विद्यालयका रुपमा विकास गर्ने लक्ष्य रहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणिप्रसाद पाठकले बताए । रुपन्देहीमा क्यूएए प्राप्त गर्ने क्याम्पस चारवटा पुगेका छन् । यसअघि लुम्बिनी वाणिज्य क्याम्पस बुटवल, रुपन्देही क्याम्पस भैरहवा र सिद्धार्थ गौतम क्याम्पस बुटवलले पनि क्यूएए राममणि प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस