aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

नगद ८ लाख रुपैयाँ लुटपाट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ साउन २०७७
नगद ८ लाख रुपैयाँ लुटपाट

धादिङ । गजुरी गाउँपालिका-६ पोखरे खोलास्थित जंगलबाट कास्की पोखरा महानगरपालिका-१४ बस्ने ३१ वर्षीय बिकाश तामाङको ८ लाख रुपैयाँ बिहीबार दिउँसो लुटपाट भएको छ । 

हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना अपरिचित ब्यक्तिहरुले उक्त रकम लुटी गरी फरार भएको बताइएको छ ।

लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस