
काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौंथो त्रैमासमा रू. ६ लाख ६७ हजार खुद नाफा गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा रू. २१ लाख ४५ हजार घाटामा रहेको यस कम्पनीले घाटा सुधार्दै नाफा गर्न सफल भएको हो । अघिल्लो वर्ष सम्म सञ्चालन घाटामा रहेको यस कम्पनीले गत आवको चौंथो त्रैमासमा रू. ७ लाख ३४ हजार सञ्चालन नाफा गरेको छ ।
गत वर्ष खुद व्याज आम्दानी ७ गुणा बढी भएकाले पनि सञ्चालन नाफा गर्न कम्पनी सफल भएको हो । अघिल्लो वर्ष रू. २२ लाख १८ हजार खुद ब्याज आम्दानी भएकोमा गत वर्ष सोहि अवधिमा रू. १ करोड ७६ लाख ४५ हजार खुद ब्याज आम्दानी कम्पनीले गरेको छ ।
धितोपत्र बजारमा हालसम्म सूचीकृत नभएको यस कम्पनीको संस्थापकबाट चुक्ता भएको पूँजी रू. ७ करोड ३ लाख ५० हजार छ । गत वर्ष खुद नाफा गरेको यस कम्पनीको जगेडा कोष भने रू. १४ लाख ७७ हजार ऋणात्मक रहेको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट रू. १६ करोड ११ लाख ३ हजार कर्जा सापट लिएको यस कम्पनीले रू. ४ करोड ५५ लाख ६९ हजार निक्षेप संकलन गरेको छ । कर्जा सापटी अघिल्लो वर्षभन्दा ३२ गुणा बढी लिएको यस कम्पनीले करिब १० गुणा बढी निक्षेप संकलन गरेको छ ।
अघिल्लो वर्षभन्दा गत वर्ष कर्जा प्रवाह ४ गुणा बढी भएको छ । अघिल्लो वर्ष रू. ४ करोड ८६ लाख ४८ हजार कर्जा प्रवाह गरेको कम्पनीले गत वर्ष रू. २१ करोड ६४ लाख ७७ हजार कर्जा प्रवाह गरेको हो ।
निश्क्रिय कर्जा शून्य रहेको कम्पनीले सम्भावित जोखिम शिर्षकमा रू. ११ लाख ६९ हजार रकम छुट्याएको छ । यो रकम अघिल्लो आर्थिक वर्ष रू. १ लाख २२ हजार थियो । अघिल्लो वर्षभन्दा गत वर्ष साढे ९ गुणा बढी सम्भावित जोखिम शिर्षकमा रकम छुट्याईएको हो ।
प्रतिक्रिया दिनुहोस