aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अब अनलाइनबाटै घरजग्गा कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ जेठ २०७६
अब अनलाइनबाटै घरजग्गा कारोबार

काठमाडौं । घरजग्गा कारोबार व्यवस्थित गर्न नेपाल रियल स्टिेट अर्गनाइजेसन (एन-रियो) गठन भएको छ । घरजग्गा कारोबारमा मौलाएको अस्वस्थ प्रतिस्पर्धा रोक्ने उद्देश्यसहित संस्था गठन भएको अध्यक्ष नरेश सिंहले बताउनुभयो ।

बिचौलियाले भनेकै मूल्यमा जग्गा खरिद गर्नुपर्ने र पछि ठगिने जस्ता समस्या समाधान गर्न संस्था सक्रिय हुने उहाँले जानकारी दिनुभयो । संस्थाले जग्गा बिक्रेतालाई सही मूल्य र खरिदकर्तालाई सर्वसुलभ मूल्यमा जग्गा उपलब्ध गराउन सहयोग पु¥याउने उहाँले बताउनुभयो । 

संस्थाले जग्गाको वास्तविक मूल्य जानकारी दिन मल्टी सिस्टम (एमएलएस) को तयारी गरेको छ । उक्त प्रणालीमा ब्रोकरले कुनै पनि व्यक्तिले बिक्री गर्न लागेको घरजग्गाको वास्तविक मूल्य राख्न सक्नेछन् । संस्थामा आबद्ध सबै ब्रोकरले बिक्रीका लागि आएका घरजग्गाको विवरण अपलोड गर्न सक्नेछन् । 


 

प्रतिक्रिया दिनुहोस