aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

एयर इन्डिया एक्सप्रेसको १९१ जना सवार विमान दुर्घटनाग्रस्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ साउन २०७७
एयर इन्डिया एक्सप्रेसको  १९१ जना सवार विमान दुर्घटनाग्रस्त

एजेन्सी । एयर इन्डिया एक्सप्रेसको एक विमान भारतको केरलाको कोझिकोड एयरपोर्ट छेउमा दुर्घटना भएको छ ।

दुवईबाट आइरहेको सो विमानमा चालक दलका सदस्यसहित १९१ जना सवार रहेका थिए भने १० बच्चा र चालक दलका ७ सदस्य समेत थिए । इयर इन्डिया एक्सप्रेस कम्पनी विमान दुर्घटनामा परेको सामाजिक सञ्जाल ट्वीटमार्फत पुष्टि गरेको छ ।

त्यस्तै भारतीय उड्डयन मन्त्रालयले शुक्रबार साँझ ७ बजेर ४१ मिनेटमा विमान दुर्घटनामा परेको जनाएको छ । विमान ल्यान्ड गर्ने क्रममा रनवेबाट बाहिर गएको मन्त्रालयले जनाएको छ ।

तर विमान आगलागी भने लागेको छैन । मन्त्रालयका अनुसार उद्धार कार्य जारी छ । घाइतेहरुलाई अस्पताल लैजाने क्रम जारी छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । घटनाको बाँकी विवरण आउन बाँकी छ ।
 

प्रतिक्रिया दिनुहोस