भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन दिल्ली पुगेका प्रधानमन्त्री केपी ओलीले काठमाडौँ फर्कनु अघि दिल्लीमा अन्नपुर्ण पोष्ट दैनिकका आशा थपलियासँग गरिएको कुराकानी आज प्रकाशित छ ।तपाईं दिल्ली यात्रामा हुँदा पार्टी एकताको पाँच बुँदे सहमतिपत्र सार्वजनिक भएको छ नि?
त्यो पत्र कहिले गोप्य थियो र? पत्र उहिले नै सार्वजनिक भएको हो। यो विषयलाई अहिले उछालेका छन्। के भनौ र ? अनावश्यक विषय उछाल्ने नेपाली चरित्र नै हो।
त्यसो भए त तपाईंको कार्यकाल आगामी एक वर्ष मात्र देखिन्छ नि?
हाँस्दै...। एक वर्ष हैन। चार-पाँच दिन मात्रै बाँकी छ। अब म के भनौं ?
सार्कको अध्यक्ष हुनुहुन्छ। तर, यहाँ आउँदा विम्स्टेक सदस्यको हैसियतमा आउनु भएको छ। सार्कको भविष्यलाई कसरी हेर्नु भएको छ?
सार्क हामीले मात्र अघि बढाउने होइन। यसमा सबै सदस्यको उत्तिकै जिम्मेवारी र सहकार्य आवश्यक हुन्छ। हामीले कुराकानी गरिरहेका छौँ। यस क्षेत्रको शान्ति सुव्यवस्था कायम गर्दै विकास प्रक्रिया अघि बढाउनका लागि सहकार्य अपरिहार्य छ। यसमा मध्य भागमा रहेको भारतको पनि महत्वपूर्ण भूमिका हुन्छ। हामीले भारतलगायत सबैसँग छलफल गरिरहेका छौँ। सबैको सहयोग रहेमा सार्क अघि बढ्छ।
सार्कमा यहाँले भारतको सहयोग पाउनुहुन्छ?
हामी अपेक्षा गछौं। सार्कलाई अघि बढाउनु सबै उत्तिकै जिम्मेवार रहनुपर्छ।
प्रतिक्रिया दिनुहोस