aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

बटेजमा देखियो नेकपाको अन्तरविरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ जेठ २०७६
बटेजमा देखियो नेकपाको अन्तरविरोध

काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेसले बजेटमार्फत संघीयतालाई बलियो बनाउने मार्ग सरकारले नसमातेको आरोप लगाएको छ । 'संघीयता यसरी बलियो कसरी' भन्दै कांग्रेसले भनेको छ, 'समग्र बजेटको आकार बढ्यो त्यो बढेको अनुपातमा प्रदेश र स्थानीय तहलाई रकम बढाउने संवेदनशील मनोविज्ञान बजेटमा देखिएन ।' 

बजेट आएको तेस्रो दिनपछि छायाँ सरकारको अर्थ मन्त्रालयका संयोजक मिनेन्द्र रिजाल र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनमार्फत पार्टीको दृष्टिकोण सार्वजनिक गरेका हुन् । 

प्रदेश र स्थानीय सरकारलाई अघिल्लो बजेटमा उपलब्ध गराईएको समपुरक र विशेषलगायतका अनुदानसमेत घटाईएको कांग्रेसले बताएको छ । 'प्रदेश सरकारले अभ्यासको प्रथम वर्षमा सार्थक परिणाम दिन सकेनन् तर त्यसका लागि बढी जिम्मेवार केन्द्र सरकार छ,' कांग्रेसले पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तीमा उल्लेख छ, 'पर्याप्त बजेट र कर्मचारी उपलब्ध नगराउनु केन्द्र सरकारको दोष थियो । बजेटले संघीयतालाई सार्थक बनाउन अघिल्लो वर्षको कमजोरी पहिचान गरेर अघि बढ्ने संकेत दिएको छैन् ।'

कांग्रेसले समग्र बजेटमा पार्टीभित्रको सैद्धान्तिक अन्तरविरोधको प्रभाव देखिएको निष्कर्ष निकालेको छ । 'एकातर्फ कम्युनिष्ट दर्शनको शास्त्रीय मनोविज्ञान अर्कातर्फ लोकतान्त्रिक संविधानको वस्तुगत यर्थाथ' कांग्रेसले भनेको छ । आजको नागरिक दैनिकमा खबर छ । 


 

प्रतिक्रिया दिनुहोस