aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भ्रष्टाचारको आरोप लागेका स्पेनका पूर्वराजा कार्लोस युएई पुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ साउन २०७७
भ्रष्टाचारको आरोप लागेका स्पेनका पूर्वराजा कार्लोस युएई पुगे

एजेन्सी । स्पेनका पूर्व राजा जुआन कार्लोस अबुदाबीमा देखिएको खुुलासा भएको छ । केही दिनअघि उनी कथित भ्रष्टाचारको अनुसन्धानको क्रममा स्पेन छोडेर कतै गएका थिए ।

स्पेनिश मिडिया ग्रुप एनआईयूएसले एक तस्बिर जारी गर्दै पूर्व राजा अबुदाबी पुगेको जानकारी दिएको छ । एकातिर कथित भ्रष्टाचारको अनुसन्धान भइरहेको छ भने अर्कोतर्फ पूर्व राजाले कुनै प्रकारको गलत काममा संलग्न नभएको दाबी गरेका छन् । यद्यपि, उनी कता जाँदै छन् कसैलाई केही जानकारी थिएन तर अनुमान भने लगाएका थिए । तर अब जुआन कार्लोसले अबुदाबीको एक पाँचतारे होटल एमिरेट्स प्यालेसको एउटा पूरा फ्ल्याट बुक गरेको खबरमा उल्लेख छ ।

पूर्व राजा कार्लोस अबुदाबीका युवराज मोहम्मदबिन जायेद अल नाहयानका निकै नजिक भएको बताइन्छ । यद्यपि, अहिलेसम्म उनको लोकेशनको पुष्टि भने गर्न सकिएको छैन । यस्तै स्पेनका शाही परिवार र सरकारले यसबारे केही टिप्पणी दिन अस्विकार गर्दै आएको छ ।

अहिलेसम्मको घटनाक्रमः

केही दिन अघि स्पेनका पूर्व राजा जुआन कार्लोस देश छोडेर कुनै अपरिचित स्थानमा गए । त्यसको केही हप्ता अघि नै कथित रुपमा उनको नाम भ्रष्टाचारसँग जोडिएको थियो । ८२ वर्षीया जुआन कार्लोसले यसको कुनै घोषणा गरेका थिएनन् तर उनले आफ्ना छोराको नाममा एउटा चिट्ठी भने लेखेका थिए । जुआनले ६ वर्ष अघि नै आफ्ना छोरा फेलिपलाई सत्ता सुम्पिइसकेका छन् । जून महिनामा स्पेनको सर्वोच्च अदालतले साउदी अरबमा एक द्रूत गतीको रेल सम्झौतामा जुआनको संलग्नताको अनुसन्धान सुरु गरेको थियो ।

स्पेनको ईआई पाइस समाचार पत्रका अनुसार पूर्वराजा जुआनको पत्र सार्वजनिक हुनु अघि नै उनले देश छोडिसकेका थिए । अहिलेसम्म उनी कहाँ छन् भनेर पत्ता लाग्न सकेको थिएन । यद्यपि, केही मिडिया रिपोर्टले उनी डोमिनिक रिपब्लिकमा भएको दाबी गरे ।

बीबीसी यूरोपका संवाददाता निक बिकका अनुसार यस्तो कदम उठाउनु पूर्व राजाका लागि लज्जाको विषय हो । उनी एक यस्ता राजा थिए जसलाई इतिहासमा याद गरिँदै थियो । उनले सन् १९७५ मा जनरल फ्र्याङ्कोको मृत्युपछि तानाशाही स्थितीलाई लोकतन्त्रका लागि स्पेनलाई मार्ग निर्देशन गरेका थिए ।

आफ्नो शासनकालको समयमा लामो समयसम्म जुआन कार्लोसको गिन्ती संसारको सबैभन्दा लोकप्रिय राजामा हुन्थ्यो । तर पछिल्लो समयमा स्पेनवासीको एउटा वर्गले उनीमाथि विश्वास गर्न सकिरहेका थिएनन् । सन् २०१४ मा उनकी छोरी र ज्वाईंमाथि लामो समयदेखि चलिरहेको भ्रष्टाचार सम्बन्धित अनुसन्धानका कारण राजाको लोकप्रियता कम भएको थियो ।

देश आर्थिक संकटसँग जुधिरहेका बेला राजा बोत्सवानामा हात्तीको शिकार गर्न गएका थिए भन्ने सुनेपछि मानिसहरु उनीसँग झनै रिसाएका थिए ।यसैकारण उनले सन् २०१४ मा नै आफ्ना छोरा फिलिपलाई राजगद्दी सुम्पिएका थिए ।

के लेखिएको थियो पत्रमा ?

उक्त पत्रमा राजाले आफूले यस्तो निर्णय लिनुपरेको कारणबारे जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘मेरो नीजि जीवनका पछिल्ला केही घटनाका कारण जनताबाट आइरहेको प्रतिक्रियालाई मद्देनजर गर्दै र जनताले मेरो छोरालाई शान्तिपूर्वक राजाको हैसियत काम गर्न मौका दिन्छन् भन्ने आशामा यस्तो निर्णय लिएको हुँ । ’

उनले थपेका छन्, ‘स्पेनका जनता, उनीहरुको संस्था र एक राजाको हैसियतले तपाईंहरुको सबैभन्दा उत्कृष्ट तरिकाले सेवा गर्ने दृढ निश्चयका साथ म तपाईंहरुलाई यतिबेला स्पेन छोड्ने सूचना दिइरहेको छु । म निकै भावुक तर निकै शान्ति र स्थिर भएर यो निर्णय लिइरहेको छु ।’

शाही महलबाट जारी बयानमा किंग फेलिप चतुर्थले यो निर्णयका लागि आफ्नो पिता प्रति मनैदेखि सम्मान र आभार व्यक्त गरिएको बताइएको छ ।

के हो भ्रष्टाचरको मामिला ? 

स्पेनको सर्वोच्च अदालतले यो अनुसन्धानको उद्देश्य जून २०१४ मा जुआन कार्लोसका साउदीको परियोजनासँग सम्बन्धित भएको जानकारी दिएको छ ।   स्पेनिश फर्म मक्का–मदिनामा रेल लिङ्क बनाउने ठेक्का पाएको थियो जुन करिब ५ अर्ब पाउन्डको थियो ।

यो मामिलामा स्विस बैंकको भूमिकाको पनि अनुसन्धान भइरहेको छ । स्पेनका भ्रष्टाचार विरोधी अधिकारीलाई पूर्व राजाले स्विटजरल्याण्डमा अघोषित सम्पत्ति राखेका छन् कि भन्ने शंका छ । स्पेनको सरकारले न्याय सबैका लागि बराबर भएको भन्दै अनुसन्धानमा कुनै हस्तक्षेप नगरिने बताएको छ । बीबीसी 

प्रतिक्रिया दिनुहोस